राखेप उपाध्यक्षमा आचार्य नियुक्त, यस्ता छन् मन्त्रिपरिषद्‍का अन्य निर्णय « Khabarhub

राखेप उपाध्यक्षमा आचार्य नियुक्त, यस्ता छन् मन्त्रिपरिषद्‍का अन्य निर्णय


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने भएको छ ।

पुस १६ गते बसेको मन्त्रिपरिषद्का निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रत्येक वर्ष माघ १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभर सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको जानकारी दिए ।

बैठकले महान्यायाधिवक्ता कार्यलय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी पहिलो संशोधन कार्यविधि पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक- निजी साझेदारी मोडलमा विकास तथा सञ्चलन गर्न स्वीकृति दिएको छ ।

त्यस्तै अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र त्यसको सूचना नेपाल राजपत्रमा प्रशासन गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

बैठकले नेपाल प्रहरी अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको छ।

उता राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताएका छन् ।

मन्त्रिपरिषद्ले खानेपानी तथा सरसफाइ नियमावली, ऊर्जा विकास मार्गचित्र स्वीकृत गरेको छ । निकारी पैठारीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा‍ पेश गर्न पनि स्वीकृति प्रदान गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ५ : ५७ बजे

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित