नागढुङ्गा–नौबिसे–मुग्लिन सडकलाई तीव्रता दिन मन्त्री दाहालको निर्देशन « Khabarhub

नागढुङ्गा–नौबिसे–मुग्लिन सडकलाई तीव्रता दिन मन्त्री दाहालको निर्देशन


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा नौबिसे मुग्लिन सडक निर्माणमा तीव्रता दिन निर्देशन दिएका छन् । निर्माणाधीन उक्त सडकको आज स्थलगत निरीक्षण गरी निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयलाई सो निर्देशन दिएका हुन् । 

निर्माणका क्रममा समस्या देखिएमा मन्त्रालयले समन्वय गर्ने तर निर्माण सुस्त भएमा सह्य नहुने चेतावनीसमेत उनले दिए। सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेकाले तत्काल परिणाम देखिने गरी काम गर्न मन्त्री दाहालले निर्देशन दिए।

निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रूपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेस गर्न निर्माण कम्पनी एवं आयोजना प्रमुखलाई निर्देशन दिए । कुनै पनि बहानामा निर्माणमा ढिलासुस्ती नगर्न उनले आग्रह गरे । 

त्यसैगरी सडक विभागका महानिर्देशक रामहरि पोखरेलले स्थानीयको अवरोध र समस्या मन्त्रालयले समाधान गरिसकेकाले अब परिणाम देखाउने गरी काम गर्ने जिम्मेवारी निर्माण कम्पनीको रहेको जनाए।

निर्माण कम्पनीका प्रतिनिधिले यसअघि निर्माण सामग्री जुटाउन भएका अवरोध मन्त्रीकै पहलपछि समाधान भएको जानकारी दिए । मासिक लक्ष्य निर्धारण गरी काम गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ७ : ३९ बजे

‘विश्व शक्ति चीन र भारततिर सर्दै गर्दा नेपालमा भू–राजनीतिक तानातानी बढ्यो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेपाल

रास्वपा केन्द्रीय समिति बैठकमा विधानमाथि छलफल जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक चितवनको भरतपुरमा बसिरहेको

रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध

काठमाडौं- आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत

चुरे बस्तीमा बाघ आतंक

महोत्तरी– महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतंक बढेको छ । जिल्लाको

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका