‘लाज शरणम्’का तीन पोस्टर सार्वजनिक « Khabarhub

‘लाज शरणम्’का तीन पोस्टर सार्वजनिक


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’को तीन पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुधबार तीन पोस्टर सार्वजनिक गरेको हो ।

एक पोस्टरमा नायक विजय बराल र हरिश निरौला कक्रोज फिचर्ड छन् । कक्रोच जट्टाधारी जोखीको हुलियामा प्रस्तुत भएका छन् । उनको पिठ्यूमा विजय बराल चढेका छन् भने उनले ‘फेरी’ फुकिरहेको देख्न सकिन्छ । पोस्टरले क्रकोच फिल्ममा अघोरीको भूमिकामा रहेको संकेत गर्छ ।

अर्को पोस्टरमा कफिनको आकारभित्र विजय, कक्रोच, अर्जुन घिमिरे ‘पाँडे’ र सागर लम्साल ‘बले’ छन् । यो पोस्टरमा पनि क्रकोच अगोरीकै हुलियामा छन् ।

अर्जुन घिमिरेलाई सिरियलकै ‘पाँडे’ चरित्रमा प्रस्तुत गरिएको हो । यसबाट उनी फिल्ममा पनि उनी पाँडेको भूमिकामा हुनेसक्ने अनुमान गर्न सकिन्छ ।

सागर भने फिल्ममा बलेको भूमिकामा नरहेको पोस्टरले प्रष्ट पार्छ । उनी पोस्टरमा आश्चर्यमा मुद्रामा प्रस्तुत छन् ।

अर्को पोस्टरमा भने निर्माण पक्षले एक पात्र गोप्य राख्न खोजेको छ । सो पोस्टरमा एक पात्र पुरुष छन् । उनको अनुहार देखाइएको छैन । ती पुरुषको हातमा तराजु छ भने शरीरमा एउटा तौली मात्र बेरेका छन् । निर्माण पक्षले यो पोस्टरमार्फत दर्शकाम कौतुहलता जगाउन खोजेको छ ।

यो फिल्म घोषणादेखि नै चर्चामा छ । पोस्टरले यसको चर्चा थप बढाउनेमा निर्माणपक्ष आशावादी छ । फागुन १४ बाट प्रदर्शनमा आउने यस फिल्मको निर्देशक कुमार कट्टेल जिग्री हुन् । कथा पनि उनकै हो ।

फिल्ममा विजय, अर्जुन, कक्रोच, बलेसहित मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुलगायतको अभिनय रहेको छ ।

जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता नवीन श्रेष्ठ निर्माता हुन् ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ८ : ३३ बजे

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम