२७ लाखको लगानीमा बनेको हाटबजार प्रयोग विहीन « Khabarhub

२७ लाखको लगानीमा बनेको हाटबजार प्रयोग विहीन


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको सरावल गाउँपालिका– ३ स्थित भिमटाणीमा लुम्बिनी प्रदेश सरकारले २७ लाख रुपैयाँको  लागतमा निर्माण गरेको हाटबजार प्रयोग विहीन भएको छ ।

हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको चार वर्ष भए पनि सञ्चालनमा नआउँदा हाटबजार प्रयोग विहीन भएको सरावल– ३ स्थानीय लेखनाथ रायले बताए ।

उनका अनुसार निर्माणाधीन हाटबजारमा बजार लगाउने ठेकेदारले जग्गाधनीलाई वार्षिक २५ हजार रुपैयाँ भाडा दिने शर्तमा लुम्बिनी प्रदेश सरकारले दश कठ्ठा जग्गामा हाटबजार निर्माण गरेको हो । निर्माणाधीन जग्गा लेखनाथ रायको नाउँमा दर्ता छ ।

सोही वडामा डेढ बिघा सार्वजनिक जग्गा रहेपनि पूर्व उपाध्यक्षले सरकारी बजेट सार्वजनिक जग्गामा नबनाएर आफ्नो व्यक्तिगत जग्गामा निर्माण गरेपछि निर्माणाधीन हाटबजार एकान्तमा रहेकोले व्यापारीले त्यहाँ बजार लगाउन मानेका छैनन् आफूले निर्माणाधीन हाटबजार लगाउन भनेपनि व्यापारीले भने त्यहाँ बजार नलगाउने सरावल– ३ का वडाध्यक्ष फिरङ्गी चौधरीले बताए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ८ : १३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा