चीन, मेक्सिको र क्यानडाका सामानमा थप कर लगाउने ट्रम्पको निर्णय « Khabarhub

चीन, मेक्सिको र क्यानडाका सामानमा थप कर लगाउने ट्रम्पको निर्णय


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन देशबाट आयात हुने सामानमा अतिरिक्त कर लगाउने भएका छन्।

मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत, क्यानडाबाट आउने सामानमा २५ प्रतिशत तथा चीनबाट आउने सामानमा १० प्रतिशत कर लाग्ने भएको छ। राष्ट्रपति ट्रम्पले युरोपेली युनियनका सामानमा पनि सो कर लगाउने बताएका छन्।

उनले सो ब्लकले आफूलाई राम्रो व्यवहार नगरेको बताए। हजारौँ अवैध आप्रवासी अमेरिकामा प्रवेश गर्ने क्रममा क्यानडा र मेक्सिको प्रवेशद्वारको रूपमा प्रयोग भएकोमा ट्रम्पले आपत्ति जनाउँदै आएका छन्। उनले यी विषयमा पहिलेदेखि नै प्रतिबद्धता जनाउँदै आएको बताए। यी तीन देशबाट अमेरिकामा गत वर्ष ४० प्रतिशत सामान आएको थियो।

यो निर्णयपछि अमेरिकामा समेत मूल्य वृद्धि हुने आशङ्का थपिएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रेडेउले आफूहरूले यस्तो नचाहेको भए पनि अमेरिकाको निर्णय अनुसार आफूहरूले पनि निर्णय गर्ने बताएका छन्।

यसले हुनसक्ने मूल्यवृद्धि तथा आउनसक्ने समस्या क्षणिक भएको राष्ट्रपति ट्रम्पको दाबी छ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ८ : ३३ बजे

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७