नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने  « Khabarhub

नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने 


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यापार र वाणिज्य प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने भएको छ ।

नेपालका लागि स्टोनियाका अवैतनिक वाणिज्य दूत नवराज दाहाल र ‘इष्टोनिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री’ का अधिकारीहरूबीच स्टोनियाको राजधानी तालिनमा भएको छलफलमा उक्त सहमति भएको हो ।

पर्यटक मेलामा सहभागी हुन स्टोनिया पुगेका दाहालले कमर्सकी निर्यात सेवासम्बन्धी विभागकी संयोजक लिईसी किर्सेनलगायतसँग भेटेका थिए । भेटमा दुई देशबीच व्यापारिक सहकार्य विस्तारका लागि नेपाल–स्टोनिया चेम्बर स्थापना गर्ने सैद्धान्तिक सहमति भएको दाहालले जानकारी दिए ।

दिल्लीस्थित नेपालका लागि स्टोनियन राजदूत मारिया लुपसँग पनि त्यसबारे कुराकानी भएको र आफू नेपाल फर्किएलगत्तै कमर्सको औपचारिक स्थापना गरिने उनले बताए ।

ट्रेकिङ व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष समेत रहेका दाहालले छलफलका क्रममा आफूले नेपाल सरकार र निजी क्षेत्रसँगको साझेदारीमा पर्यटन, उद्योग, व्यापार र सूचना प्रविधि क्षेत्र (आईसीटी) मा लगानी गर्न आग्रह गरेको बताए ।

दाहालका अनुसार जवाफमा स्टोनिया चेम्बरका अधिकारीहरूले नेपालको भ्रमण गरी त्यसको सम्भावनाबारे अध्ययन गर्ने बताएका छन् ।

आईसीटी र साइबर सुरक्षाको क्षेत्रमा अब्बल मानिएको स्टोनियाले नेपालसँग ‘इ–कमर्स’ को विषयमा सहकार्य गर्न चाहेको दाहालले बताए । नेपालका लागि निवर्तमान स्टोनियन राजदूत केटरिन किभीले नेपाली उच्च अधिकारीहरूसँगको भेटमा यसअघि नै त्यसबारे प्रस्ताव राखेको भए पनि नेपालको तर्फबाट तत्परता आवश्यक नदेखाइएका कारण काम अगाडि बढ्न नसकेको दाहालको भनाइ छ ।

नेपाल र उत्तरपश्चिमी युरोपेली मुलुक स्टोनियाबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपाल हेर्ने स्टोनियाको राजदूतावास भारतको राजधानी नयाँदिल्लीमा छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ११ : ५९ बजे

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन