सन् २०३० सम्म भारतको उपभोक्त बजार संसारकै दोस्रो ठूलो हुने « Khabarhub

सन् २०३० सम्म भारतको उपभोक्त बजार संसारकै दोस्रो ठूलो हुने


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०३० सम्म भारतको उपभोक्ता बजार संसारकै दोस्रो ठूलो हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

वित्तीय सेवा प्रदायक संस्था एडलवाइस म्युचुअल फन्डले सार्वजनिक गरेको प्रतिवेदन अनुसार उक्त अवधिसम्म भारतको उपभोक्ता बजार ४६ प्रतिशतले विस्तार हुनेछ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार बढ्दो आय, युवा श्रमशक्ति तथा द्रुत सहरीकरणजस्ता कारण उपभोग क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ ।

मध्यम तथा उच्च वर्गको विस्तारसँगै भारतीयहरुको उपभोग्य तथा वैकल्पिक खर्चमा पनि वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदन अनुसार भारतमा सन् २०२४ सम्म कुल उपभोग खर्च २.४ ट्रिलियन अमेरिकी डलर रहेको छ । सन् २०३० सम्म त्यो बढेर ४।३ ट्रिलियन अमेरिकी डलरसम्म पुग्ने अपेक्षा छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १० : ३१ बजे

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले