मिथिला माध्यमिकी परिक्रमाका यात्री भारतको फूलहर पुग्दै « Khabarhub

मिथिला माध्यमिकी परिक्रमाका यात्री भारतको फूलहर पुग्दै


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमाका यात्री आज तेस्रो दिनको विश्रामका लागि भारतको मधुवनी जिल्लामा पर्ने फूलहर पुग्दैछन् ।

गत बिहीबार सुरु भएको १५ दिने परिक्रमा यात्रामा पहिलो दिन धनुषाको हनुमानगढी र दोस्रो दिन भारत मधुवनीको कलनामा रात्रि विश्राम गरेका यात्री आज तेस्रो दिनको बासका लागि फूलहर पुग्नेछन् ।

मिथिलाको महाकुम्भ मानिने यो यात्राका सहभागीको स्वागत सत्कार, भोजन, आवाससहितका प्रबन्धमा मटिहानीबासी जुटेका छन् ।

मटिहानीसहित जिल्लाका अन्य चार पडावस्थलमा भोजन, आवास, प्राथमिक स्वास्थ्योपचार र सुरक्षासहितका प्रबन्ध र मेला व्यवस्थापनको अन्तिम तयारी जारी छ । जिल्लाका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन यात्रीका रात्रि विश्रामस्थल हुन् ।

महोत्तरी र धनुषा एवं भारतको मधुवनी जिल्लाका केही भाग समेटिएको १३३ किलोमिटर वृत्तभित्र माध्यमिकी यात्रा गरिन्छ । त्रेता युगका श्रीराम र सीताको पदचिह्न पछ्याउन यात्रा थालिएको मानिन्छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास कोषका साथै विश्रामस्थलमा सम्बन्धित स्थानका सामाजिक सङ्घसंस्था तथा व्यक्तिले गच्छेअनुसार सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ८ : ३८ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल