आज २०८१ साल फागुन १७ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल फागुन १७ गते शनिबारको राशिफल


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन १७ गते शनिबार फागुन शुक्ल पक्षको द्वितीया तिथि। शून्य भेदभाव दिवस। तदनुसार सन् २०२५ मार्च १ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। सोचेका काम बन्नेछन्। सम्पत्ति आर्जन भए पनि इज्जतमा दाग लाग्ने जोखिम छ। खर्च गर्ने बानीले घाटा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा घाटा हुने भएकाले सचेत भएर अगाडि बढ्नुपर्नेछ।

वृष : दिन राम्रो छ। साथीको सहयोग मिल्नेछ। आम्दानीका स्रोत धेरै भएकाले पहिचान गर्नुपर्ने समय आएको छ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : भाग्य स्थानमा चन्द्रमा पुगेकाले दिन राम्रो छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा चासो बढ्नेछ। जग्गाको कारोबारमा फाइदा हुनेछ।

कर्कट : शुभ ग्रहको बहुमत रहेकाले सोचेका काम बन्नेछन्। सम्पत्ति आर्जन हुनेछ। यात्रामा हुनुहुन्छ भने पश्चिम नजानु उचित हुन्छ। पिपललाई दाहिने पारेर अगाडि बढ्नु फाइदाजनक हुनेछ।

सिंह : दिन सामान्य छ। हरेक काममा अवरोध सिर्जना हुनेछ। सम्पत्तिमा फाइदा भए पनि इज्जतमा दाग लाग्ने सम्भावना छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। अभिभावकको सुझाव अनुसार अगाडि बढ्नुपर्ने दिन छ।

कन्या : परिवारको साथमा दिन रमाइलो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। मनका सबै रहर पूरा गर्न कठिन हुने देखिन्छ। संकटमा साथीको साथ मिल्नेछ।

तुला : विवादास्पद कामले गर्दा विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ। विपक्षी साथी सक्रिय रहेकाले तपाईं शान्त बन्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्न सकेमा प्रगति हुनेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। ठुलो कामको सुरुवात गर्ने समय आएको छ। काम गर्नु अगाडि परिवारसँग सल्लाह गरेमा दैनिकी सहज बन्नेछ। औषधी नियमित नहुँदा रोग बढ्ने जोखिम छ।

धनु : दिन सामान्य छ। साना कुराले मन अशान्त बन्नसक्छ। स्वास्थ्यमा समस्या हुँदा मानसिक तनाव बढ्नेछ। एकल निर्णय भन्दा सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ। परिवारमा कर्तव्य मात्र पूरा गर्नु उचित हुनेछ।

मकर : दिन सहज छ। शुभग्रहको बहुमत रहेकाले स्वास्थ्यमा सुधार हुनेछ। बौद्धिक व्यक्तिको साथ मिल्नेछ। सल्लाह गरेर अगाडि बढेमा फाइदा हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। साथीको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ। शिक्षामा देखिएको झुकाबले फाइदा हुनेछ। औषधी नियमित गर्न नसक्दा पुरानो रोगले सताउने जोखिम छ।

मीन : तपाईंको राशिमा चन्द्रमा पुगेकाले हरेक क्षेत्रमा बोलीको प्रभाव पर्नेछ। एकल निर्णय भन्दा सहकार्य गर्दा फाइदा हुनेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ५ : ५५ बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति