च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया सेमिफाइनलमा « Khabarhub

च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया सेमिफाइनलमा


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

लाहोर – अफगानिस्तानसँगको खेल वर्षाले अवरुद्ध भएपछि अस्ट्रेलिया च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

यसअघि अस्ट्रेलियाले इंग्ल्यान्डलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पनि वर्षाका कारण अंक बाँडेको थियो। सो समूहको अन्तिम खेल दक्षिण अफ्रिका र इंग्ल्यान्डकाबीच शनिबार हुनेछ।

इंग्ल्यान्ड भने प्रतियोगिताबाट बाहिरिइ सकेको छ। सो खेलमा इंग्ल्यान्डले फराकिलो अन्तरको जित हात पारेमा अफगानिस्तान सेमिफाइनलमा प्रवेश गर्न सक्छ। अन्यथा दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश गर्नेछ।

अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १२.५ ओभरमा १ विकेटको क्षतिमा १०९ रन जोडेको समयमा वर्षाले खेल रोकिएको थियो। सो समयमा ट्रेभिस हेडले ४० बलमा ५९ रन जोडेका थिए।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ७ : २२ बजे

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा

च्याम्पियन्स लिग : रियल मड्रिडमाथि बेन्फिकाको शानदार जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको महत्त्वपूर्ण खेलमा रियल

सिरियाली नेता अल-शारा र पुटिनबीच भेटवार्ता: सैन्य अखडाबारे सहमति

मस्को – सिरियाली राष्ट्रपति अहमद अल–शाराले बुधबार मस्कोमा रूसी नेता

भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित

काठमाडौं – टी-२० शृङ्खलाको चौथो खेलमा न्युजिल्यान्डले भारतमाथि जित निकालेको