विद्यालय विकास कार्यक्रम प्रभावकारी | Khabarhub Khabarhub

विद्यालय विकास कार्यक्रम प्रभावकारी


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी बनेको छ ।

शिक्षा मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७८–०७९ देखि सुरु भएको कार्यक्रमले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, व्यवस्थापनमा सुधार र भौतिक पूर्वाधार विस्तार भएको हो ।

कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा शैक्षिकसत्र २०७८ को औसत सिकाइ उपलब्धि दुई दशमलब ८४ जिपिए रहेकोमा २०८० मा तीन दशमलब शून्य एक जीपीए पुगेको प्रधानाध्यापक ढुङ्गानाले बताए ।

कक्षा १ देखि ३ सम्म एउटा कक्षामा एक जना शिक्षकले सबै विषय पठनपाठन गराउने अभ्यास थालिएको छ । यसबाट विद्यार्थीको आनीबानी र क्षमता पहिचान गरेर सिकाइ क्रियाकलाप सञ्चालन गर्न सहज भएको शिक्षक नवराज शर्माले बताए ।

कक्षा ८ सम्मका सबै विद्यार्थीलाई अनिवार्य, नौ र १० मा कम्प्युटर विषयको ऐच्छिक कक्षा सञ्चालन गरेको जामुनाखर्कले विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापना गरेको छ । गणित, सामाजिक प्रयोगशाला (स्टिम ब्याग) पनि छ । कक्षा ११ र १२ मा पूर्ण रुपमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ ।

सबै कक्षाकोठामा ‘स्मार्टबोर्ड’ राखिएको छ । सबै शिक्षकहरूको साथमा ल्यापटप छ । शिक्षकले ल्यापटपमा इन्टरनेटको सहयोगमा सिकाइ सामग्री खोज्ने र पढाउने गर्छन् । प्रार्थनाको समयमा शिक्षक र विद्यार्थीहरूले विविध विषयमा प्रश्न–उत्तर गर्छन् ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा ९ र १० का विद्यार्थी टिकाउन र २०८० को एसईई परीक्षाको उत्तीर्णदरका आधारमा गरेको मूल्याङ्कनमा जामुनाखर्क म्याग्दी जिल्लामा पहिलो भएको थियो ।

विषयगत विभाग गठन गरेर शिक्षकहरूको कार्यविभाजन, शैक्षिक प्रर्दशनी र महोत्सव आयोजना गरेको छ । विद्यार्थीहरूलाई सिर्जनशील र अध्ययनशील बनाउन अतिरिक्त क्रियाकलाप, व्यवसायिक, व्यवहारिक सीप सिकाउन गुन्द्री बुन्ने, पाक शिक्षा, वायरिङ र प्लम्बीङ तालिम सञ्चालन गरेको छ ।

कक्षा १० का विद्यार्थीका लागि छात्रावास सञ्चालन गरेको विद्यालयले अभिभावकसँग नियमित अन्तरक्रिया र योग प्रशिक्षण चलाएको छ । शिक्षकहरूलाई सूचना प्रविधि, मूल्याङ्कन र कक्षा व्यवस्थापन तालिम दिएको छ ।

शिक्षा मन्त्रालयले बेनी नगरपालिका मार्फत उपलब्ध गराउने बजेटबाट भौतिक, शैक्षिक र व्यवस्थापकीय सुधारका गुरुयोजनामा प्रस्तावित कार्यक्रम गरिएको प्रधानाध्यापक ढुङ्गानाले बताए । यसअघिका तीन वटा आर्थिक वर्षमा तीन करोड ९० लाख बजेट पाएको विद्यालयमा यस वर्ष प्राप्त भएको एक करोड बजेटबाट प्रशासनिक, प्रयोगशाला भवन र घेराबार निर्माणका लागि ठेक्का आह्वान भएको छ । गत वर्षको बजेटबाट ठेक्का मार्फत चार कोठे भवन निर्माणको अन्तिम चरणमा छ ।

हाल २१५ जना विद्यार्थी रहेको जामुनाखर्कमा नमुना विद्यालय कार्यक्रमबाट विद्यार्थीहरूलाई छात्रवृत्तिको पनि व्यवस्था मिलाइएको छ । गत वर्ष स्थापना भएको हिराबहादुर बानिया स्मृति छात्रवृत्ति कोषले विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र दिवा खाजामा सघाएको छ । हाल आठ लाख १२ हजारको अक्षयकोषको रकम वृद्धि गरेर पाँच वर्षमा २५ लाख पु¥याउने संरक्षकले घोषणा गरेका छन् । 

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ७ : ३३ बजे

‘बीपी प्रतिष्ठानको सेवा, जनशक्ति र पूर्वाधारमा उल्लेख्य काम गरेका छौँ’

काठमाडौं– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुककै सबैभन्दा बढी

खाँदबारीमा महिलाको शव भेटियो, घटनाबारे अनुसन्धान हुँदै

किमाथांका – सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला

युवापुस्ताको मनोविज्ञान बुझेर विकास गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी दिनमा गरिने

‘राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ’  

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति बढाउन ६ सबस्टेसन निर्माणाधीन, २० वटा थपिने

काठमाडौं– काठमाडौं उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित