ट्रम्प–जेलेन्स्कीबीचको बहसबारे के भन्दै छन् विश्वका नेताहरू ? | Khabarhub Khabarhub

ट्रम्प–जेलेन्स्कीबीचको बहसबारे के भन्दै छन् विश्वका नेताहरू ?


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबारको वार्ता भनाभनमा टुङ्गिएको छ । युक्रेन र रूसबीच जारी विवादको विषयलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भनाभनमा टुङ्गिएको हो । 

यसअघि ट्रम्प र जेलेन्स्कीबीचको भेटवार्तालाई निकै महत्त्वपूर्ण रूपमा लिइएको थियो । दुई देशका राष्ट्रपतिबीच हुने भनिएको ‘सम्झौता’ले तीन वर्षदेखि जारी युक्रेन–रूसबीचको युद्ध समाप्तिका लागि कोशेढुंगा साबित हुने अनुमानसमेत गरिएको थियो ।  

तर, ह्वाइट हाउसमा उपराष्ट्रपति जेडी भान्सको उपस्थितिमा भएको वार्तामा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीमाथि अनेकौँ आरोप लगाएपछि स्थिति तनावपूर्ण बन्न पुगेको थियो । 

ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रूससँगको युद्ध दुई सातामा सकिने बताएपछि वार्तामा भनाभनको स्थिति बनेको थियो। भनाभनको स्थिति बढ्दै जाँदा ट्रम्पले ह्वाइट हाउस छाड्न भनेपछि जेलेन्स्की कुराकानी बीचमै छोडेर बाहिरिएका थिए।

यसअघि ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्की एउटा ठूलो सम्झौता गर्न अमेरिका आउन लागेका थिए । ट्रम्पको उक्त अभिव्यक्ति अघि जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौता गर्ने भनिएको थियो । 

ट्रम्प र जेलेन्स्कीबीचको वार्ता र वार्तामा भएको भनाभनलाई लिएर विश्वभरका नेताहरूका प्रतिक्रिया आइरहेका छन् । कयौँ युरोपेली मुलुकका नेताहरूले युक्रेनको समर्थन गरेका छन् । यस्तै केही अमेरिकी सांसदहरूले पनि शुक्रबारको वार्तामा देखिएको दृश्यका लागि राष्ट्रपति ट्रम्प र उप राष्ट्रपति जेडी भान्सलाई दोषी ठहराएका छन् । 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रनमाथि ‘रुसले अवैध र अनुचित ढंगले आक्रमण गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समालेखेका छन्, ‘तीन वर्षदेखि युक्रेन साहसका साथ जवाफी कारबाहीका साथ रुसको सामना गरिरहेको छ । युक्रेनको लडाई लोकतन्त्र, स्वतन्त्रता र सम्प्रभुताका लागि हो, यो एक यस्तो लडाई हो जो सबैका लागि अर्थ राख्छ ।’ 

ट्रुडोलेयुक्रेनलाई क्यानडाले आफ्नो समर्थन जारी राख्ने पनि बताएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रूसले आक्रमण गरेको र युक्रेनी माथि आक्रमण भएको बताएका छन् ।

 ट्रम्प र जेलेन्स्कीबीचको बहसबारे उनले भनेका छन्, ‘हामीले उनीहरूको सम्मान गर्नुपर्छ, जो सुरूवातबाटै लडिरहेका छन् ।’

म्याक्रोनले पोर्चुगल यात्राका क्रममा यस्तो प्रतिक्रिया दिएको बीबीसी हिन्दीको अनलाइन संस्करणले जनाएको छ । 

म्याक्रोनले भनेका छन्, ‘तीन वर्ष अघि सुरु भएको रूसी आक्रमणका दौरान युक्रेनलाई सहयोग गरेर उचित कदम उठाइएको थियो र सहयोग गरिरहन्छौँ । हामी अर्थात् अमेरिका, युरोपेली देश, क्यानडा र जापान सबै युक्रेनका सहयोगी हौँ ।’ 

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कलेसामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘युक्रेनी मित्रहरू तपाईँ एक्लै हुनुहुन्न ।’ स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले लेखेका छन्, ‘युक्रेन, स्पेन तपाइसँग उत्रिएको छ ।’ नर्वेका प्रधानमन्त्री जोनास गर स्टोरले लेखेका छन्, ‘हामीयो संघर्षमा युक्रेन र स्थायी शान्तिको पक्षमा छौँ ।’

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले पनि युक्रेनको समर्थन गरेका छन् ।

 उनले भनेका छन्, ‘स्वीडेन युक्रेनका साथ खडा छ । तपाईँ (जेलेन्स्की) केवल आफ्ना लागि होइन, पूरै युरोपको स्वतन्त्रताका लागि लडिरहनुभएको छ ।’ 

आयरल्यान्डका उपप्रधानमन्त्री सिमोन ह्यारिसले लेखेका छन्, ‘युक्रेनलाई जारी युद्धका लागि दोषी मान्न सकिँदैन । हामी युक्रेनको साथमा छौँ ।’ 

ब्रिटेनका प्रधानमन्त्री किएर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गरेका छन् । १० डाउनिङस्ट्रिटका प्रवक्ताले भनेका छन्, ‘उहाँ (स्टार्मर)को युक्रेनलाई समर्थन जारी छ । उहाँ युक्रेनको सम्प्रभुता र सुरक्षालाई ध्यानमा राख्दै शान्तिको बाटो खोज्ने प्रयासरत हुनुहुन्छ ।’ 

ट्रम्प र जेलेन्स्की बीचको भनाभनपूर्ण वार्ताबारे अमेरिकी नेताहरूको प्रतिक्रिया पनि आइरहेको छ । अमेरिकी विदेशमन्त्री मार्को रूबियोले‘ सीएनएन’सँगको अन्तर्वार्तामा वार्तालाई पूर्णतया असफल भन्दै जेलेन्स्कीले माफी माग्नुपर्ने बताएका छन् । 

‘जेलेन्स्कीलाई यस्तो विरोधी व्यवहार गर्नुपर्ने आवश्यकता थिएन,’ उनले भनेका छन् । 

डेमोक्रेटिक सांसद चक शुमरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ट्रम्प र भान्स फोहोरी काम गरिरहेका छन् । सीनेट डेमोक्रेट्स स्वतन्त्रता र लोकतन्त्रका लागि लड्न कहिल्यै रोकिने छैनन् ।’ 

रिपब्लिकन सांसद डान बेकनले लेखेका छन्, ‘अमेरिकी विदेश नीतिका लागि एक नराम्रो दिन रह्यो । युक्रेन स्वतन्त्रता, फ्री मार्केट र काननी राज्य चाहन्छ । उ पश्चिमाको हिस्सा बन्न चाहन्छ । रुसले हामी र हाम्रो पश्चिमी मूल्य–मान्यतालाई घृणा गर्छ । हामीले स्पष्ट गरिदिनुपर्छ कि हामी स्वतन्त्रताको पक्षमा उत्रिएका छौँ ।’

–बीबीसी हिन्दीबाट 

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १२ : २९ बजे

जेलेन्स्कीलाई युरोपेली नेताहरुले भने – बलियो बन्नुहोस्, हामी तपाइको साथमा छाैँ

वासिङ्टन– अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित

चौँरी याक प्रवर्द्धन गर्दै सिरिजङ्घा गाउँपालिका

फुङ्लिङ– सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी

झापाबाट ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा

झापा – झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन

यातायातसम्बन्धी सबै समस्या समाधान गर्छौँ : मुख्यमन्त्री लामा

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले यातायातसम्बन्धी सबै खाले

स्ट्रबेरी खेतीबाट वार्षिक ३० लाख आम्दानी

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न