आजका समाचार : बालेन सरकारलाई ओलीले भने दमनकारी, भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो र रुस, सकियो ब्रिक्स र चीनसहित ६ देशसँग इरानको बैठक « Khabarhub

आजका समाचार : बालेन सरकारलाई ओलीले भने दमनकारी, भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो र रुस, सकियो ब्रिक्स र चीनसहित ६ देशसँग इरानको बैठक


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा आएको विनाशकारी लेदोयुक्त बाढीको मुख्य कारण कुनै हिमताल फुटेर नभई लाङटाङ-लिरुङ हिमश्रृङ्खलाको माथिल्लो क्षेत्रबाट खसेको ठूलो हिम-चट्टान पहिरो रहेको पुष्टि भएको छ ।

जल तथा मौसम विज्ञान विभाग र सम्बन्धित विपद् अध्ययन संस्थाहरूले सार्वजनिक गरेको ‘अध्ययन प्रतिवेदन’ अनुसार उक्त प्राकृतिक विपत्तिमा करिब १४ करोड २० लाख घनमिटर बराबरको हिउँ, विशाल चट्टान, माटो र गेग्रान एकैपटक खसेर नदीमा मिसिँदा तल्लो तटीय क्षेत्रमा विनाशकारी ‘हिलाम्मे बाढी’ सिर्जना भएको थियो ।

प्रतिवेदन अनुसार २६ अगस्ट बिहान ८ : ३७ बजे समुद्री सतहबाट करिब ५ हजार २ सय मिटर उचाइमा रहेको लाङटाङ लिरुङ हिमालको उत्तरी–पश्चिमी ढलानबाट करिब ६ सय मिटर चौडा र ७० मिटर बाक्लो विशाल हिउँ र चट्टानको भाग एकाएक ढलेको थियो ।

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

अघिल्लो भदौ २७ सम्झिँदै सुधन गुरुङ : रगत लतपतिएको ज्याकेट थियो, तर देशलाई खाली हात फर्काउनु थिएन

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारलाई दमनकारी, पीडक, जनविरोधी र अत्याचारी शासकको संज्ञा दिएका छन्। उनले यस्ता शासकको चाँडै अन्त्य हुने पनि दाबी गरेका छन् ।

‘नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाऊसुझाव कार्यदल’ले बुझाएको ध्यानाकर्षण पत्र आइतबार दिउँसो बुझ्दै उनले आफू व्यक्तिगत रुपमा विगत ६० वर्ष देखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढिरहेको बताए। ओलीले जनताका हक- अधिकारलाई लिएर लडाइँको मैदानमा उभिइरहेको बताएका छन् ।

उनले स्वतन्त्रताको पक्षमा उभिएकाहरूलाई अहिलेका शासकले बुझ्नुपर्ने भन्दै अरू अप्ठेरोमा पर्दा रमाउने शासक नटिक्ने बताए। त्यस्ता शासकहरूको जनताबाट विरोध भएर नाश हुने पनि उनले बताएका छन्।

कार्यदलले सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी बेवास्ताका कारण भोग्नुपरेको संकटबारे ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको बताए ।

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङ (तस्बिरहरू)

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले निरन्तर कूटनीतिक सक्रिया देखाएको छ ।

अमेरिका र इजरायली आक्रमणको डटेर प्रतिरोध गरेको इरानले आइतबार आफ्ना सहयोगी देशहरू रुस, चीन, इजिप्ट, इन्डोनेसिया र कजाखस्तानका विदेशमन्त्रीहरूसँग वार्ता गरेको हो ।

इरानी विदेश मन्त्री अब्बा अराघ्चीले आफूलाई सक्रिय बनाएर राखेको बैठकमा क्षेत्रीय तथा विश्वव्यापी मुद्दाका साथै आपसी हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको बताइएको छ।

बीबीसी फारसीका अनुसार इरानको सरकारी समाचार संस्था आईआरएनएले बैठकमा सहभागी देशहरूले अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन, बहुपक्षीय कूटनीति सुदृढीकरण तथा क्षेत्र र विश्वसामु रहेका चुनौती सामना गर्न संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएको जनाएको छ।

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

भू–राजनीतिक तनावबीच ब्रिक्स सम्मेलनमा सहकार्यको खोजी

मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

युद्धको तनाव र जलवायु संकट बढ्दै जाँदा ब्रिक्सको मञ्चबाट मोदीले भने, ‘एउटा ठाउँको संकटले सबैलाई छुन्छ’

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ७ : ५६ बजे

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा