सहकारीले आफ्नो छवि आफैँ सुधार्नुपर्छ : उपप्रधानमन्त्री सिंह  « Khabarhub

सहकारीले आफ्नो छवि आफैँ सुधार्नुपर्छ : उपप्रधानमन्त्री सिंह 


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गतिविधि सुधार गरेर सहकारी संस्थाहरूले आफूलाई राम्रो प्रमाणित गर्नुपर्ने बताएका छन् । 

काठमाडौंमा शनिबार आयोजित जनपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्बोधन गर्दै उनले तीन खम्बे अर्थनीतिअन्तर्गत रहेको सहकारीप्रति नागरिकमा नकारात्मक भाव रहेको भन्दै यस्तो बताएका हुन् । 

सहकारीको सिद्धान्त र मर्मविपरीत जाँदा सहकारी संस्थामा समस्या देखिएको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । 

‘यस्तो संकटको समयमा खास गरेर नेपालको अर्थतन्त्रको तीन खम्बे अर्थनीतिमा सहकारीको ठूलो योगदान रहनुपर्ने भएको हुनाले पनि जुन तपाईँहरूको सहकारी छ यसले अहिलेको अवस्थालाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनु हुन्छ भन्ने विश्वास लिएको छु,’ सिंहले भने । 

फरक सन्दर्भमा उनले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्त्व बुझाउनका लागि वर्तमान सरकार बनेको बताए । मन्त्री सिंहले कमजोरी पहिचान गर्दै सुधार गर्नेतर्फ सरकार अघि बढेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १२ : ४२ बजे

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल