सहकारीले आफ्नो छवि आफैँ सुधार्नुपर्छ : उपप्रधानमन्त्री सिंह  « Khabarhub

सहकारीले आफ्नो छवि आफैँ सुधार्नुपर्छ : उपप्रधानमन्त्री सिंह 


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गतिविधि सुधार गरेर सहकारी संस्थाहरूले आफूलाई राम्रो प्रमाणित गर्नुपर्ने बताएका छन् । 

काठमाडौंमा शनिबार आयोजित जनपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्बोधन गर्दै उनले तीन खम्बे अर्थनीतिअन्तर्गत रहेको सहकारीप्रति नागरिकमा नकारात्मक भाव रहेको भन्दै यस्तो बताएका हुन् । 

सहकारीको सिद्धान्त र मर्मविपरीत जाँदा सहकारी संस्थामा समस्या देखिएको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । 

‘यस्तो संकटको समयमा खास गरेर नेपालको अर्थतन्त्रको तीन खम्बे अर्थनीतिमा सहकारीको ठूलो योगदान रहनुपर्ने भएको हुनाले पनि जुन तपाईँहरूको सहकारी छ यसले अहिलेको अवस्थालाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनु हुन्छ भन्ने विश्वास लिएको छु,’ सिंहले भने । 

फरक सन्दर्भमा उनले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्त्व बुझाउनका लागि वर्तमान सरकार बनेको बताए । मन्त्री सिंहले कमजोरी पहिचान गर्दै सुधार गर्नेतर्फ सरकार अघि बढेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १२ : ४२ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न