‘राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ’   « Khabarhub

‘राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ’  


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । 

अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको उल्लेख गर्दै उनले छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशहरूले पनि दुःख पाउनुपर्ने उल्लेख गरे। 

अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताबारे सामाजिक सञ्जाल फेसबुकमा आज आफ्नो धारणा राख्दै उनले भनेका छन्, ‘छिमेककाविरूद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ, आज रुस र युक्रेन दुवैका लागि युद्ध घाँडो भएको छ । तर युद्ध अन्त्यका लागि उनीहरूले निकै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखिँदै छ ।’

शान्ति र स्थायित्वका लागि अब हरेक देशले सोच्नुपर्ने उल्लेख गर्दै उनले क्षेत्रीय शान्तिबिना विश्वशान्ति सम्भव नहुने बताएका छन्। एसियाली देशहरूले आपसी सम्बन्धको विकासमा जोड दिने हो भने एसिया विश्व सभ्यताको केन्द्रका रूपमा पुनः स्थापित हुने अवस्था भएको उनको भनाइ छ । 

‘अमेरिकाको पछिल्लो रणनीतिले अबको एसिया नै भू–राजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गर्दछ, गाजा क्षेत्र प्यालेस्टानीहरूबाट खोस्ने योजनाले त्यसकै सङ्केत गर्दछ, साथै रुस र युक्रेनबीचको युद्ध अन्त्यका नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसँग जोडिएको देखिएन, त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्न पुगेको छ ।’ 

महासचिव पोखरेलले स्वार्थपरक नीतिले अन्ततःआर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भू–राजनीतिक द्वन्द्वको विकास गर्ने धारणा व्यक्त गर्दै प्रकारको परिस्थितिबाट एशियाली राष्ट्रहरू विशेष ढङ्गले सचेत बन्नुपर्ने आवश्यक औँल्याएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १ : २४ बजे

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण