खानेपानीमन्त्री यादव भारत प्रस्थान « Khabarhub

खानेपानीमन्त्री यादव भारत प्रस्थान


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव शनिबार छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।

भारतको राजधानी नयाँ दिल्ली स्थित जलशक्ति मन्त्रालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल सरकारकारतर्फबाट सहभागी हुन मन्त्री यादव आज भारत प्रस्थान गरेको खानेपानी मन्त्रालयका सहसचिव ई मिना श्रेष्ठले जानकारी दिइन् ।

उनले भने, ‘यही फागुन १९ गते सोमबार हस्ताक्षर गरिने समझदारीपत्र कार्यक्रममा सहभागी हुन मन्त्री यादव आज २ बजे भारत प्रस्थान गर्नु भएको हो । उक्त समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारकारतर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्नु हुने छ ।’

भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौता पत्रमा हस्ताक्षर हुने जनाइएको छ । खानेपानीको  स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवर्द्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौताको लक्ष्य रहेको सहसचिव ई श्रेष्ठले बताइन्।

उक्त सम्झौतामा भूगर्भीय पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षातको पानी संकलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने जनाइएको छ । 

उक्त सम्झौताले भारत र नेपालबीच खानेपानी तथा सरसफाइ क्षेत्रमा आपसी सहयोग बलियो बनाउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १ : ५६ बजे

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी

असारअघि विदेश भ्रमणमा निस्किने छैनन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं–  प्रधानमन्त्री बालेन्द्र शाह सरकार गठन भएको १०० दिनसम्म कुनै