झापाबाट ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा « Khabarhub

झापाबाट ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

झापा – झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगर  जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । झापा जिल्ला भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट  महेशपुरले शुक्रबार साँझ  उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरूमा तनहुँ जिल्ला भानु नगरपालिका–१२ कवाजित बस्ने २४ वर्षीय र  सुनसरी जिल्ला रामधुनी नगरपालिका–३ सिंघिया बस्ने २७ वर्षीय दुई युवक छन् ।

बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि जाँच गर्दा  स्कुटरको ब्याट्री रहने बक्स भित्र लुकाइछिपाई ४ वटा प्याकेटमा ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ  ९३०१ ग्राम० फेला परेको हो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद ब्राउन सुगर जस्तो देखिने पदार्थ, नगद र अन्य सामानसहित थप अनुसन्धान तथा  आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  २ : १२ बजे

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गराउन रुलिङको माग

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सांसदहरूसँगको

रास्वपा सांसदलाई खुश्बुको सुझाव- ३५ वर्षमा के भयो भन्ने प्रश्न नसोध्नुस्, अब काम गरेर देखाउनुस्

काठमाडौं– राप्रपा सांसद खुश्बु ओलीले विगत ३५ वर्षमा हुन नसकेका

प्रतिपक्षीले सदनमा खोजिरहन्छन्, तर प्रधानमन्त्री टेर्दैनन्

काठमाडौं- गत जेठ १७ गते अचानक संसद्‍को रोस्ट्रममा उभिएर प्रधानमन्त्री

दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत् विस्तार कार्य तीव्रता बनाउन सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत्

साइनाइडले हात्ती मारेको दाबीमा विवाद

किमाना– केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५