झापाबाट ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा « Khabarhub

झापाबाट ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

झापा – झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगर  जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । झापा जिल्ला भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट  महेशपुरले शुक्रबार साँझ  उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरूमा तनहुँ जिल्ला भानु नगरपालिका–१२ कवाजित बस्ने २४ वर्षीय र  सुनसरी जिल्ला रामधुनी नगरपालिका–३ सिंघिया बस्ने २७ वर्षीय दुई युवक छन् ।

बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि जाँच गर्दा  स्कुटरको ब्याट्री रहने बक्स भित्र लुकाइछिपाई ४ वटा प्याकेटमा ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ  ९३०१ ग्राम० फेला परेको हो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद ब्राउन सुगर जस्तो देखिने पदार्थ, नगद र अन्य सामानसहित थप अनुसन्धान तथा  आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  २ : १२ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६