चौँरी याक प्रवर्द्धन गर्दै सिरिजङ्घा गाउँपालिका « Khabarhub

चौँरी याक प्रवर्द्धन गर्दै सिरिजङ्घा गाउँपालिका


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी गर्ने भएको छ । विश्वको तेस्रो अग्लो हिमालको आधार शिविरमा चौँरी याक प्रवर्द्धन तथा संरक्षण गर्न प्रदर्शनी आयोजना गर्न लागिएको हो । 

यसका लागि गाउँपालिकाले आठ लाख बजेट विनियोजन गरेको जनाइएको छ । सिरिजङ्घा महोत्सव–२०८२ का अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म चौँरी याक प्रवर्द्धन तथा प्रदर्शनी आयोजना गरिने गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले जानकारी दिए। त्यस अवसरमा उत्कृष्ट चौँरी पालकलाई पुरस्कृत गरिने छ ।

गाउँपालिकाका अनुसार उत्कृष्ट हुने किसानलाई रु २८ हजार पाँच सय ८६ प्रदान गरिनेछ भने सान्त्वना पुरस्कार स्वरूप आठ हजार पाँच सय ८६ उपलब्ध गराइने छ । हाल चौँरीपालनप्रति आकर्षण घट्दै गएकाले यसको संरक्षण र महत्त्व उजागर गर्न प्रदर्शनी आयोजना गर्न लागिएको उपाध्यक्ष माबोले बताए। चौँरी पालन हिमाली क्षेत्रमा जीवनयापनको मुख्य आधार भएकाले यसलाई प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा समुदायको प्रमुख आम्दानीको स्रोत चौँरी गोठ हो । चौँरीबाट दूधजन्य पदार्थ घ्यू, छुर्पी उत्पादन गरेर बिक्री गरेर गुजारा गर्दै आएका छन् । त्यस्तै याक चीनका विभिन्न बजारमा माग आउने गर्छ । किसानले चीनमा याक निर्यात गर्न पनि याक पालन गर्ने गर्छन् । एउटा याक एक लाखभन्दा बढी मूल्यमा चीनमा निर्यात हुने गरेको किसानको भनाइ  छ । गाउँपालिकाले आयोजना गरेको चौँरी याक प्रवर्द्धन तथा प्रदर्शन कार्यक्रमले किसानलाई थप प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  २ : २२ बजे

युक्रेन युद्ध अन्त्यका लागि ‘कुनै समयसीमा नहुने’ रुसको घोषणा

एजेन्सी– मस्कोलाई युक्रेनमा युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्न हतार

दोलखाको वैतेश्वरमा पार्टी त्याग्नेको लर्को, दर्जनौँ कार्यकर्ता कांग्रेस प्रवेश 

दोलखा– दोलखामा निर्वाचन नजिकिँदै आएसँगै पछिल्ला दिनहरूमा पार्टी छाड्ने र

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडा कारबाही माग्दै कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाबारे छानबिन गर्दै दोषीमाथि

कांग्रेसको निष्कर्ष : पार्टीको पक्षमा जनलहर चलेको छ

काठमाडौं- नेपाली कांग्रेसले आसन्न आमनिर्वाचनमा पार्टीका पक्षमा देशव्यापी जनलहर बढिरहेको

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि