पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात  « Khabarhub

पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात 


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

दोलखा-जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा शनिबार बाक्लो हिमपात भएको छ। 

शुक्रबार बेलुका देखिनै चिसो बढेको कालिञ्चोक शुक्रबार मध्यराति देखिनै हिमपात सुरु भएको स्थानीय होटेल व्यवसायी हरि ओलिले बताए। व्यवसायी ओलिका अनुसार कालिञ्चोक तथा शैलुङमा गत वर्षहरुमा मंसिर र पुषमै हिमपात हुने गरे पनि यस वर्ष आधा फागुनमा  हिमपात भएको हो।

गत माघमा आंशिक हिउँ परे पनि शनिबार भने बाक्लो हिमपात भएको उनले सुनाए।

कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा हिमपात सुरु भएपछि यहाँ शनिबार बिहान देखिनै आन्तरिक तथा बाह्य पर्यटक तथा कालिञ्चोक मन्दिर  दर्शन गर्न गएका भक्तजनहरू हिउँसँग रमाइरहेका छन् ।

यता कुरी हुँदै सदरमुकाम चरिकोट र दोलखा भिमेश्वर मन्दिर ओहोरदोहोर गर्ने सवारीका साधनलाई भने सडक क्षेत्रमा खसेको हिउँले सवारी ओहोरदोहोरमा सकस भएको छ। जिल्लाका केही क्षेत्रमा शुक्रबार देखिनै सामान्य हिउँदे वर्ष पनि भइरहेको छ।

फागुनमा परेको हिउँ तथा वर्षाले हिउँदे बालीलाई राहत मिलेको छ। हिउँदे वर्षा तथा हिमपात नहुँदा जिल्लाका किसान चिन्तित थिए। हिउँदे बाली गहुँ,आलु,मकै तथा  तरकारीलाई हिउँदे वर्षा तथा हिमपातले राहत पुग्ने देखिएको छ।जिल्लाको तल्लो क्षेत्रमा भने हिउँदे वर्षा नहुँदा किसान चिन्तित छन् ।

शनिवार जिल्लाका माथिल्लो क्षेत्रमा हिउँदे वर्षा भए पनि तल्लो क्षेत्रमा वर्षा नभएको पाइएको छ। 

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ३ : ०२ बजे

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।