काठमाडौं महानगरको शैक्षिक मेला (तस्बिरहरू)  | Khabarhub Khabarhub

काठमाडौं महानगरको शैक्षिक मेला (तस्बिरहरू) 


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्यालय शिक्षाको गुणस्तर सुधार्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि शैक्षिक मेला आयोजना गरेको छ ।

राष्ट्रिय सभा गृहमा शुक्रबारदेखि सुरु भएको मेला शनिबारसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। मेलामा विद्यार्थीका सीप र सिर्जनात्मक क्षमताको प्रदर्शन शिक्षण नवप्रवर्तन तथा विद्यालय पूर्वाधार र शिक्षक विकासका कार्यक्रम प्रस्तुत गरिएको छ।

 नेपाल भाषाको सिकाई प्रविधि मौलिक संस्कृति भेषभुषा झल्काउने प्रदर्शनी मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिएको छ ।

विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरूबाट विद्यार्थीमा परेको प्रभाव यसबाट उनीहरूले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनका लागि मेला आयोजना गरिएको हो।

महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १०,९३४ जना गरी दुई लाख ७२,२६३ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ३ : ४० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग