काठमाडौं महानगरको शैक्षिक मेला (तस्बिरहरू)  « Khabarhub

काठमाडौं महानगरको शैक्षिक मेला (तस्बिरहरू) 


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्यालय शिक्षाको गुणस्तर सुधार्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि शैक्षिक मेला आयोजना गरेको छ ।

राष्ट्रिय सभा गृहमा शुक्रबारदेखि सुरु भएको मेला शनिबारसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। मेलामा विद्यार्थीका सीप र सिर्जनात्मक क्षमताको प्रदर्शन शिक्षण नवप्रवर्तन तथा विद्यालय पूर्वाधार र शिक्षक विकासका कार्यक्रम प्रस्तुत गरिएको छ।

 नेपाल भाषाको सिकाई प्रविधि मौलिक संस्कृति भेषभुषा झल्काउने प्रदर्शनी मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिएको छ ।

विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरूबाट विद्यार्थीमा परेको प्रभाव यसबाट उनीहरूले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनका लागि मेला आयोजना गरिएको हो।

महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १०,९३४ जना गरी दुई लाख ७२,२६३ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ३ : ४० बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण