भूमिसम्बन्धी अध्यादेश देशको अहितमा छ : प्रवक्ता सुमन « Khabarhub

भूमिसम्बन्धी अध्यादेश देशको अहितमा छ : प्रवक्ता सुमन


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल फिर्ता नलिए अन्य पाँच वटा अध्यादेशको पनि विपक्षमा उभिने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले भूमिसम्बन्धी अध्यादेश जग्गा दलाल र बिचौलियालाई पोस्न, नेपालको जंगल मास्न र तराई-मधेशलाई मरूभूमिकरण गर्नको लागि ल्याएको भन्दै उक्त अध्यादेश फिर्ता नलिए अन्य अध्यादेशलाई पनि समर्थन नगर्ने स्पष्ट पारेका हुन् ।

प्रवक्ता सुमनले आफ्नो दलले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको र उक्त निर्णय देशको हितमा रहेको दाबी गरे । अध्यादेश ल्याउने कुरा संवैधानिक भए पनि अहिले सरकारले अध्यादेश ल्याउँदा नियत सफा नदेखिएको उनले बताए ।

त्यस्तै उनले अध्यादेश पारित गराउनको लागि सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको सुनिएको भन्दै त्यसको पनि विरोध जनाए ।

उनले अध्यादेश आउँदै गर्दा आफूहरूलाई सरकारमा जान लागेको भनेर मिडियाले लेखेकोमा भने असहमति जनाए । उनले अहिलेसम्म सरकारलाई दिएको समर्थन कायम रहेको उल्लेख गरे । तर, यो समर्थन पनि अध्यादेश फिर्ता हुने वा नहुनेमा निर्भर रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ४ : ५६ बजे

युक्रेन युद्ध अन्त्यका लागि ‘कुनै समयसीमा नहुने’ रुसको घोषणा

एजेन्सी– मस्कोलाई युक्रेनमा युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्न हतार

दोलखाको वैतेश्वरमा पार्टी त्याग्नेको लर्को, दर्जनौँ कार्यकर्ता कांग्रेस प्रवेश 

दोलखा– दोलखामा निर्वाचन नजिकिँदै आएसँगै पछिल्ला दिनहरूमा पार्टी छाड्ने र

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडा कारबाही माग्दै कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाबारे छानबिन गर्दै दोषीमाथि

कांग्रेसको निष्कर्ष : पार्टीको पक्षमा जनलहर चलेको छ

काठमाडौं- नेपाली कांग्रेसले आसन्न आमनिर्वाचनमा पार्टीका पक्षमा देशव्यापी जनलहर बढिरहेको

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि