मधेसको समस्या समाधान माओवादीले मात्रै गर्न सक्छ : प्रचण्ड  « Khabarhub

मधेसको समस्या समाधान माओवादीले मात्रै गर्न सक्छ : प्रचण्ड 


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सिरहा– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेसको मात्र नभएर राष्ट्रकै समस्या भएको बताएका छन् । 

‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’का क्रममा शनिबार सिरहाको सिरहा नगरपालिकामा आयोजित विशाल खबरदारी सभालाई सम्बोधन गर्दै उनले उक्त राष्ट्रिय समस्याको समाधान माओवादीले मात्रै गर्न सक्ने बताए । 

मधेशका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेको आरोप लगाउँदै प्रचण्डले उनीहरूको भ्रमबाट मुक्त हुनुपर्ने बेला आएको पनि बताए । महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै भएको जिकिर गर्दै उनले अब मधेशले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको बताए । 

मधेशी जनता वास्तविक देशभक्त र सीमारक्षकको रुपमा रहेको उल्लेख गर्दै प्रचण्डले उनीहरूको सम्मान गर्नुको साटो अरु देशका नागरिक सरह व्यवहार गर्नु विभेद र अपमान भएका बताए । 

अध्यक्ष प्रचण्डले माओवादीले जनयुद्धकै क्रममा मधेशी जनताको आत्मनिर्णयको अधिकारलाई स्थापित गर्न मधेश सरकार गठन गरिएको र पार्टीभित्र पहिलो पटक मधेशी राष्ट्रिय मुक्ति मोर्चा गठन गरिएको स्मरण गराए । 

झण्डै १ हजार ३०० मधेशी जनताका छोराछोरीले माओवादी जनयुद्धमा बलिदान गरेको पनि उनले बताए । आफ्नो पार्टीले जनयुद्ध सुरु गर्दा पहिलो पटक हतियारको तालिम मधेशबाटै सुरु गरेको स्मरण गर्दै प्रचण्डले आफूले पहिलो पटक हतियारको तालिम धनुषा र सिरहाबाटै लिएको बताए ।

२०६४ सम्म आउँदा मधेश माओवादीमय भए पनि पार्टी एकता बचाउन नसक्दा र गौर हत्याकाण्ड जस्ता विभिन्न षड्यन्त्रका कारण मधेशी जनतामा माओवादीप्रति भ्रम पर्न गएको र त्यही भ्रम हटाउन अहिले तराई मधेस जागरण अभियान लिएर आएको प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ५ : ०९ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक