सुरक्षा निकायसँग सम्बन्धित ऐन बनाउँदा सरकार दुई तिहाइको दम्भमा बस्नु हुँदैन : एनपी साउद   « Khabarhub

सुरक्षा निकायसँग सम्बन्धित ऐन बनाउँदा सरकार दुई तिहाइको दम्भमा बस्नु हुँदैन : एनपी साउद  


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसका नेता एनपी साउदले सुरक्षा निकायजस्ता संस्थाहरूसँग सम्बन्धित ऐन–कानुन बनाउँदा सरकार दुई तिहाइको दम्भमा बस्नु नहुने बताएका छन् । 

नेपाल भूतपूर्व सैनिक संघ, गण्डकी प्रदेशको शनिबार पोखरामा आयोजित प्रथम अधिवेशनको उद्घाटन समारोहमा उनले दुई तिहाइको दम्भ देखाएर सरकारले सुरक्षा निकायजस्ता संस्थाहरूसँग सम्बन्धित ऐन–कानुन बनाउनु नहुने बताएका हुन् ।  

‘सुरक्षा निकाय जस्तो गम्भीर विषयसँग सम्बन्धित विधेयकहरू दुई तिहाइको सरकारले ल्याउँदा सयभन्दा बढी सांसदहरूले संशोधन हालिसकेका छन्, नेता साउदले भने, ‘सरकारले ल्याएको जुन विधेयकमा सांसदहरूको क्वीक प्रतिक्रिया भएको छ । सुरक्षा निकाय जस्ता संस्थाहरूका बारेमा सरकार दुई तिहाइको दम्भमा बस्नु हुँदैन ।’ 

सुरक्षा निकायमा ‘चेन अफ कमान्ड’ कमजोर हुने गरी निजामति प्रशासनमा अधिकार राख्ने विषयले सुरक्षा निकायमा पर्न सक्ने दूरगामी असरका बारेमा गम्भीर छलफल हुनुपर्नेमा जोड दिए ।

‘यस्तो बेलामा सरकार संवेदनशील हुनुपर्छ । यसले मुलुकको बाह्य सुरक्षा र आन्तरिक सुरक्षा पनि प्रभावित गर्न सक्ने भएको हुनाले चेन अफ कमान्ड कमजोर हुने गरेर निजामति प्रशासनमा अधिकार राख्ने कुराले सुरक्षा निकायहरूमा दूरगामी रूपमा के असर पर्ने हो भन्ने कुरामा गम्भीर छलफल, बहस हुन जरुरी छ,’ उनले भने । 

नेता साउदले संविधान संशोधनसहितका सात बुँदामा सहमति गरेर कांग्रेस–एमालेको सरकार गठन भएको सात महिना बितिसक्दा पनि संशोधनका लागि पहल नभएको पनि बताए । 

‘अहिलेको सरकार दुई तिहाइको सरकार छ । सात बुँदे सहमति गरेर सरकार गठन भएको हो । सात बुँदेको महत्त्वपूर्ण बुँदा के हो भने हामी संविधान संशोधन गर्ने भन्ने नै हो,’ उनले भने, ‘संविधान संशोधन गर्ने कुरामा सात–आठ महिना भइसक्यो, कसैले कलमसम्म चलाएको छैन ।’ 

साउदले संविधानमै १० वर्षमा पुनरावलोकन गर्ने भनेर उल्लेख गरिएको स्मरण गर्दै  संविधान संशोधनको प्रक्रियामा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

 ‘संविधान संशोधनको प्रक्रियालाई पहिले टुंगोमा पुर्‍याएर, त्यसपछि विभिन्न विधेयकहरू ल्याएर ऐनहरू बनाएर संशोधित संविधानअनुसार अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘संविधान संशोधन पछि र ऐन अगाडि आयो भने अहिले पास गरेको ऐनको दफामा भोलि संशोधन भइदियो भने ऐन फेरि पनि पंगु हुने अवस्था छ ।’

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ५ : ३५ बजे

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी

असारअघि विदेश भ्रमणमा निस्किने छैनन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं–  प्रधानमन्त्री बालेन्द्र शाह सरकार गठन भएको १०० दिनसम्म कुनै

रविको ‘जेल ब्रेक’ले बहिष्कारको तारो बने स्टार रामकृष्ण

काठमाडौं – रामकृष्ण ढकाल निर्माता रहेको फिल्म ‘मालती मंगले’ प्रदर्शनको