विपन्न परिवारका लागि पाकिस्तान सरकारको सहायता योजना « Khabarhub

विपन्न परिवारका लागि पाकिस्तान सरकारको सहायता योजना


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले शनिबारबाट सुरु हुने रमजान पर्व अघि विपन्न परिवारहरूलाई सहयोग गर्न २० अर्ब रुपैयाँ (लगभग ७१.५ मिलियन अमेरिकी डलर) को विशेष रमजान प्याकेज सुरु हुने घोषणा गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रमजानको पहिलो १० दिनमा वितरण गरिने यस प्याकेजबाट करिब ४० लाख योग्य परिवारले राहत पाउने बताए।

मुलुकभरका ४० लाख योग्य परिवारमा द्रुत रूपमा रकम हस्तान्तरण गर्ने उनले बताए। उनले सहुलियत दरमा चिनी उपलब्ध गराउन देशभर ६ सय स्टल समेत स्थापना गरिएको बताए।

‘गत वर्षको तुलनामा यस वर्षको रमजानमा मुद्रास्फीतिमा उल्लेख्य कमी आएको उल्लेख गर्दै सरिफले उपभोग्य वस्तुको मूल्य घटाउनुका साथै पाकिस्तान सरकारले गरिब परिवारका लागि पवित्र महिनामा राहत रकम बढाएको हो ।’

प्रधानमन्त्रीले यस महान् कार्यमा सहयोगका लागि विदेशी साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको प्रतिबद्धता र बहुमूल्य योगदानको कदर गरे ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ७ : ३५ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका