लागुऔषध विरुद्धको महाअभियान शुभारम्भ « Khabarhub

लागुऔषध विरुद्धको महाअभियान शुभारम्भ


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध विरुद्धको महाअभियान कार्यक्रम शुभारम्भ गरेको छ । आज काठमाडौँमा उक्त महाअभियानको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले विभिन्न महत्वपूर्ण व्यक्ति, युवा तथा विद्यार्थीहरू, चलचित्रकर्मीहरू, कला र सङ्गीतक्षेत्रका विशिष्ट व्यक्तिहरूलाई जोडेर शुभारम्भ भएको यो महाअभियान अत्यन्तै प्रशंसनीय रहेको बताए ।

लागुऔषध समाजमा घातक चुनौतीका रूपमा देखापरेको र लागुऔषध दुव्र्यवसनले व्यक्तिलाई मात्र नभई समग्र परिवार तथा समाजलाई नै खोक्रो पारी आत्महत्या, साइबर अपराध, यौनजन्य अपराध, घरेलु हिंसा, सवारी दुर्घटनाजस्ता अपराधहरू वृद्धि गराइरहेकाले यसविरुद्ध अभियानमा सबैको सहकार्य आवश्यक पर्नेमा उनले जोड दिए ।

यसको न्यूनीकरण र नियन्त्रणमा सरकार र प्रहरीको प्रयासका साथै समाजका विभिन्न व्यक्तित्वहरूलाई जोड्दै महाअभियानका रूपमा लागुऔषध विरुद्ध लड्न जरुरी रहेको गृहमन्त्री लेखकले बताए ।

गृहसचिव गोकर्णमणि दुवाडीले लागुऔषध समाजमा अत्यन्तै पेचिलो बन्दै प्रमुख समस्याका रूपमा देखा परेको उल्लेख गर्दै यसको समाधानका लागि नेपाल सरकार र मातहतका निकायहरूको प्रयासले मात्र सम्भव नहुने हुँदा सबै सरोकार भएका पक्ष, समाज र नागरिको साथ, सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै विश्वव्यापी रूपमै जटिल समस्याका रूपमा देखापरेको लागुऔषधको उत्पादन, ओसारपसार, बिक्री वितरण एवम् सेवनको असर र प्रभाव हाल नेपालमा समेत बढ्दै गइरहेकाले यसको न्यूनीकरण जरुरी रहेको बताए।

उनले समाजको नेतृत्वदायी भूमिकामा रहेका राजनैतिक दल र युवा समूह एवम् सामाजिक आदर्शका रूपमा समाजसँग नजिक रहेका अभिभावक, शिक्षक, कलाकार तथा सञ्चारकर्मीहरू समेतको सहभागिताले यस महाअभियानको प्रभावकारिता र गुणस्तरियता बढ्न गई परिणाममुखी हुने अपेक्षा रहेको बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ९ : ४१ बजे

मन्त्रिपरिषद् बैठक बस्दै : के छ कार्यसूची

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

कैलाली – कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको

सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ?

काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट

प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

झापा वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा