नेपाल सम्भावना नै सम्भावनाको कुञ्ज हो : शशाङ्क कोइराला | Khabarhub Khabarhub

नेपाल सम्भावना नै सम्भावनाको कुञ्ज हो : शशाङ्क कोइराला


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले नेपाल असङ्ख्य सम्भावना नै सम्भावनाको कुञ्ज भएकाले नेपाली युवाहरूले स्वदेशमा उद्यमशीलता गरेर बस्नुपर्ने सुझाव दिएका छन् ।

नेपाली कांग्रेस पूर्वआप्रवासी समन्वय विभागको गण्डकी प्रदेशस्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले नेपालको समृद्धिमा युवाले प्रमुख भूमिका निर्वाह गर्ने बताए । “म सानो हुँदा बुबा बिपी कोइरालाले भन्नुहुन्थ्यो, ‘म धेरै राष्ट्र घुमेँ, तर संसारमा सबैभन्दा सुन्दर देश नेपाल लाग्यो, तिमी नेपालमा नै बस्नु ।’ पछि मलाई विदेश जाने अवसर मिल्यो, तलब पनि मनग्य थियो तर बुबाले भन्नुभएको कुराले बिजायो र विदेश पुगेर पनि स्वदेश नै फर्किएँ”, उनले भने ।

“विदेशबाट फर्केका युवाले त्यहाँ सिकेका सीप र अनुभवलाई सदुपयोग गरी स्वरोजगारका अवसर सृजना गर्नुपर्नेमा नेता कोइरालाले जोड दिए । “मानिसको जीवन भनेको प्रयास र सङ्घर्षमय हुन्छ । निरन्तरको प्रयासले स्वदेशमा नै अवसर सृजना गर्न सकिन्छ”, उनले भने ।

कतिपय मानिसले असफलताबाट सफलता हासिल गरेका उदाहरणहरू समाजमा रहेका भन्दै उनले आफूले गरेका काममा असफलतातर्फ गए पनि निरन्तरको प्रयासपछि सफलता मिल्ने धारणा राखे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले रोजगारीका लागि विदेश गएर स्वदेश फर्किएका युवाहरूले विदेशमा आर्जन गरेको सीपबाट उद्यमशीलता गरेर आफ्नो मुलुकलाई समृद्ध बनाउने अभियानमा सहकार्य गर्नुपर्नेमा जोड दिए।

केन्द्रीय सदस्य गुरु बरालले केही बाध्यता र केही रहरले विदेश गएका युवाहरू स्वदेशमा फर्केपछि मुलुकमा अवसर खोजिरहेकाले सबै यस्ता उदाहरण बन्न सक्नुपर्ने धारणा राखे । नेपाली कांग्रेस पूर्वआप्रवासी समन्वय विभाग गण्डकी प्रदेशका अध्यक्ष कृष्ण लम्सालको अध्यक्षता उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ९ : ५२ बजे

रविले गरे कुलमानलाई बर्खास्त गर्ने निर्णयको सांकेतिक विरोध

काठमाडौं – विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको

ज्ञानेन्द्र शाहीको आरोप : कुलमानसँग प्रचण्डले टीआरसी साटे

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं सांसद

कुलमानलाई हटाएर सरकारले असन्तुष्टिको आगोमा मट्टितेल थप्यो : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरणका

सरकारलाई बालेनको चेतावनी : कर्मचारीले तलब नपाए टुकुचामा गाडिदिन्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सरकारको दम्भका कारणले

कुलमानलाई बर्खास्त गरेपछि प्रचण्डले भने : सरकारको कदम आपत्तिजनक

काठमाडौं – सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त