नेपाल सम्भावना नै सम्भावनाको कुञ्ज हो : शशाङ्क कोइराला « Khabarhub

नेपाल सम्भावना नै सम्भावनाको कुञ्ज हो : शशाङ्क कोइराला


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले नेपाल असङ्ख्य सम्भावना नै सम्भावनाको कुञ्ज भएकाले नेपाली युवाहरूले स्वदेशमा उद्यमशीलता गरेर बस्नुपर्ने सुझाव दिएका छन् ।

नेपाली कांग्रेस पूर्वआप्रवासी समन्वय विभागको गण्डकी प्रदेशस्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले नेपालको समृद्धिमा युवाले प्रमुख भूमिका निर्वाह गर्ने बताए । “म सानो हुँदा बुबा बिपी कोइरालाले भन्नुहुन्थ्यो, ‘म धेरै राष्ट्र घुमेँ, तर संसारमा सबैभन्दा सुन्दर देश नेपाल लाग्यो, तिमी नेपालमा नै बस्नु ।’ पछि मलाई विदेश जाने अवसर मिल्यो, तलब पनि मनग्य थियो तर बुबाले भन्नुभएको कुराले बिजायो र विदेश पुगेर पनि स्वदेश नै फर्किएँ”, उनले भने ।

“विदेशबाट फर्केका युवाले त्यहाँ सिकेका सीप र अनुभवलाई सदुपयोग गरी स्वरोजगारका अवसर सृजना गर्नुपर्नेमा नेता कोइरालाले जोड दिए । “मानिसको जीवन भनेको प्रयास र सङ्घर्षमय हुन्छ । निरन्तरको प्रयासले स्वदेशमा नै अवसर सृजना गर्न सकिन्छ”, उनले भने ।

कतिपय मानिसले असफलताबाट सफलता हासिल गरेका उदाहरणहरू समाजमा रहेका भन्दै उनले आफूले गरेका काममा असफलतातर्फ गए पनि निरन्तरको प्रयासपछि सफलता मिल्ने धारणा राखे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले रोजगारीका लागि विदेश गएर स्वदेश फर्किएका युवाहरूले विदेशमा आर्जन गरेको सीपबाट उद्यमशीलता गरेर आफ्नो मुलुकलाई समृद्ध बनाउने अभियानमा सहकार्य गर्नुपर्नेमा जोड दिए।

केन्द्रीय सदस्य गुरु बरालले केही बाध्यता र केही रहरले विदेश गएका युवाहरू स्वदेशमा फर्केपछि मुलुकमा अवसर खोजिरहेकाले सबै यस्ता उदाहरण बन्न सक्नुपर्ने धारणा राखे । नेपाली कांग्रेस पूर्वआप्रवासी समन्वय विभाग गण्डकी प्रदेशका अध्यक्ष कृष्ण लम्सालको अध्यक्षता उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ९ : ५२ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने