नियन्त्रणमा लिइएको पाटेबाघ निकुञ्जमा छाडियो « Khabarhub

नियन्त्रणमा लिइएको पाटेबाघ निकुञ्जमा छाडियो


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका– २ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग) को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो । आइतबार गहुँबारीबाट सुरक्षित रुपमा उद्धार गरी ल्याएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो । बाघ स्वस्थ्य रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाडिएको हो ।

डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँगको छलफलपश्चात् बाघलाई निकुञ्ज क्षेत्रमै छाड्ने निर्णय गरिएको प्रमुख ठाकुरले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ८ : ३६ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको