पोर्चुगलका लागि नेपाली राजदूत पौडेलबाट ओहदाको प्रमाणपत्र पेस | Khabarhub Khabarhub

पोर्चुगलका लागि नेपाली राजदूत पौडेलबाट ओहदाको प्रमाणपत्र पेस


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पोर्चुगल– पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति मार्सेलो रेबेलो डी सौसासमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।

लिस्बनस्थित राष्ट्रपति भवन बेलेम प्यालेसमा सोमबार आयोजित एक समारोहबीच राजदूत पौडेलले राष्ट्रपति सौसासमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् ।

ओहदाको प्रमाणपत्र बुझाएपछि राजदूत पौडेलले राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका थिए । सो अवसरमा उनीहरुबीच नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने तथा आपसी हित एवं सहयोग अभिवृद्धिबारे छलफल भएको लिस्बनस्थित नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत पौडेललाई बधाई ज्ञापन गर्दै राष्ट्रपति सौसाले सफल कार्यकालको शुभकामना दिएका थिए । भेटवार्ताका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन, व्यापार, पर्यटन तथा नेपालमा पोर्चुगलको दूतावास स्थापनाका लागि राष्ट्रपतिसमक्ष आग्रह गरिएको थियो ।

उक्त समारोहमा पोर्चुगलका विदेश राज्यमन्त्री/सहायकमन्त्री नुनो साम्पाइओ, विदेश मामिला सचिवालयका महासचिव फ्रान्सिस्को रिबेरो तेलेस, विदेश मन्त्रालयका अधिकारीहरू, राजदूत पत्नी रूपा पौडेल,  दूतावासका द्वितीय सचिव रामबाबु नेपाललगायतको उपस्थिति रहेको दूतावासले जनाएको छ ।

गत मङ्सिरमा पोर्चुगलको राजदूतमा नियुक्त भएका पौडेल जिम्मेवारी सम्हाल्न गत फागुन २२ गते पोर्चुगल आएका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १० : ०२ बजे

देशभरको मौसम बदली रहने, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप: बंगलादेशविरुद्ध श्रीलंका ६ विकेटले विजयी

काठमाडौं – एसिया कपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ। पहिलो

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने : सोमबारदेखि पढाइ

काठमाडौं – काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन