दीपक बोहराको शव भैरहवा लगिने, बुधबार पशुपतिमा अन्त्येष्‍टि « Khabarhub

दीपक बोहराको शव भैरहवा लगिने, बुधबार पशुपतिमा अन्त्येष्‍टि


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रूपन्देही क्षेत्र नम्बर- ३ बाट निर्वाचित सांसद बोहराको आज बिहान काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।

राप्रपाका नेता तथा कार्यकर्ताहरू दिवङ्गत सांसद बोहराप्रति श्रद्धाञ्जलीका लागि ओम अस्पतालमा पुगेका छन् ।

बोहराको पार्थिव शरीर ओम अस्पतालबाट नेपाली सेनाको जहाजबाट रूपन्देहीको भैरहवास्थित पार्टी कार्यलयमा लैजाने तयारी भइरहेको छ । उनको शव आज दिनभर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर साँझ काठमाडौं ल्याइने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र कठायतले खबरहबलाई बताए ।

कठायतका अनुसार शव काठमाडौं ल्याएपछि घर या अस्पतालमै राखेर आफ्न्तलाई भेट्न दिइने छ ।

यस्तै, बोहराको शव बुधबार अपराह्न ४ बजेपछि श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने छ । उनको भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्‍टि गरिने छ ।

बोहराका दुई श्रीमती, दुई छोरा छन् । एक छोरी चाँदनी जेनी कैहराको गत फागुनमा निधन भएको थियो ।

बोहरा पछिल्ला केही वर्षयता घाँटीको समस्या भएपछि बोल्न नसक्ने अवस्थामा थिए । उनले गत निर्वाचनमा समेत एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन् । स‌सदमा पनि उनी बोलेनन् ।

रूपन्देही क्षेत्र नम्बर- ३ बाट निर्वाचित सांसद बोहराले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई हराएका थिए ।

बोहरा नेपालको राजनीतिमा चार दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका थिए । २०३६ सालमा रूपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी ०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए ।

उनी २०७० सालमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा समेत निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १२ : ३८ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर