रविलाई सभामुखको जवाफ, ‘तपाईँको सांसद पद फुकुवा गर्दा कानुनको अवहेलना हुन्छ, केही गर्न सक्दिनँ’ « Khabarhub

रविलाई सभामुखको जवाफ, ‘तपाईँको सांसद पद फुकुवा गर्दा कानुनको अवहेलना हुन्छ, केही गर्न सक्दिनँ’


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद तत्काल बहाल गर्न नसकिने जवाफ दिएका छन् । सहकारी प्रकरणमा मुछिएपछि लामिछानेको सांसद पद निलम्बनमा परेको छ ।

निलम्बन फुकुवा गरिदिन अनुरोध गर्दै लामिछानेले आज सभामुख घिमिरेसँग भेटवार्ता गरेका थिए । रास्वपा सभापति रविले भने आफूलाई अन्याय भएको भन्दै निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।

लामिछानेको भनाइ भनाइ उद्धृत गर्दै सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले खबरहबलाई भने ‘पहिला पनि भनेका थियौँ । फेरि सभामुखसामु अनुरोध गर्छु, मलाई अन्याय भयो ।’

सभामुखले भने कानुन अनुसार नै लामिछानेको पद निलम्बनमा परेको भन्दै आफूले फुकुवा गर्दैमा नहुने जवाफ दिएको अधिकारीले जानकारी दिए ।

सभामुखको भनाइ उद्धृत गर्दै अधिकारीले भने ‘निलम्बन कानुनअनुसार भएको हो । मैले त जानकारी मात्र गरेको हो । निलम्बनको व्यवस्था अन्य कानुनहरूमा पनि छ । मैले निलम्बन फुकुवा गर्दैमा फुकुवा हुँदैन, अन्य कानुन पनि जोडिएका छन् । मैले सांसद पद फुकुवा गर्दा कानुनको अवहेलना हुन्छ । कि त कानुन नै संशोधन हुनुपर्छ अन्यथा मैले केही गर्न सक्दिनँ ।’

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १२ : ५५ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर