रविलाई सभामुखको जवाफ, ‘तपाईँको सांसद पद फुकुवा गर्दा कानुनको अवहेलना हुन्छ, केही गर्न सक्दिनँ’ « Khabarhub

रविलाई सभामुखको जवाफ, ‘तपाईँको सांसद पद फुकुवा गर्दा कानुनको अवहेलना हुन्छ, केही गर्न सक्दिनँ’


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद तत्काल बहाल गर्न नसकिने जवाफ दिएका छन् । सहकारी प्रकरणमा मुछिएपछि लामिछानेको सांसद पद निलम्बनमा परेको छ ।

निलम्बन फुकुवा गरिदिन अनुरोध गर्दै लामिछानेले आज सभामुख घिमिरेसँग भेटवार्ता गरेका थिए । रास्वपा सभापति रविले भने आफूलाई अन्याय भएको भन्दै निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।

लामिछानेको भनाइ भनाइ उद्धृत गर्दै सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले खबरहबलाई भने ‘पहिला पनि भनेका थियौँ । फेरि सभामुखसामु अनुरोध गर्छु, मलाई अन्याय भयो ।’

सभामुखले भने कानुन अनुसार नै लामिछानेको पद निलम्बनमा परेको भन्दै आफूले फुकुवा गर्दैमा नहुने जवाफ दिएको अधिकारीले जानकारी दिए ।

सभामुखको भनाइ उद्धृत गर्दै अधिकारीले भने ‘निलम्बन कानुनअनुसार भएको हो । मैले त जानकारी मात्र गरेको हो । निलम्बनको व्यवस्था अन्य कानुनहरूमा पनि छ । मैले निलम्बन फुकुवा गर्दैमा फुकुवा हुँदैन, अन्य कानुन पनि जोडिएका छन् । मैले सांसद पद फुकुवा गर्दा कानुनको अवहेलना हुन्छ । कि त कानुन नै संशोधन हुनुपर्छ अन्यथा मैले केही गर्न सक्दिनँ ।’

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १२ : ५५ बजे

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक