चीनमा नयाँ चमत्कार, १९ हजारमै क्यान्सरको उपचार सम्भव « Khabarhub

चीनमा नयाँ चमत्कार, १९ हजारमै क्यान्सरको उपचार सम्भव


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यान्सर घातक रोग हो, जसको उपचार प्रक्रिया अझै महँगो र जटिल हुन्छ । तर, चीनमा वैज्ञानिकहरुले यस्तो प्रविधि विकास गरेका छन्, जसले क्यान्सरको उपचार सहज हुने भएको छ ।

चिनियाँ वैज्ञानिकले ‘अन्कोलाइटिक भाइरस थेरापी’ नामक प्रविधिमा आधारित रहेर उपचार पद्दतीको विकास गरेका हुन् । यो प्रविधिले खतरनाक क्यान्सर ट्यूमरलाई हटाउने र शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि सक्रिय गर्ने दाबी गरिएको छ ।

वैज्ञानिकहरूले यी भाइरसलाई यसरी विकसित गरेका छन् कि तिनीहरू सिधै क्यान्सर कोशिकाहरूमा प्रवेश गर्छन्, त्यहाँ तिनीहरूको संख्या बढाउँछन् र अन्ततः क्यान्सर कोशिकाहरूलाई नष्ट गर्छन् ।

यति मात्र होइन, यी भाइरसहरूले शरीरको प्रतिरक्षा प्रणालीलाई क्यान्सरका बाँकी रहेका कोशिकाहरूलाई नष्ट गर्न मद्दत गर्ने प्रोटिनहरू पनि निकाल्न सक्षम देखिएको छ ।

यो प्रविधि नयाँ होइन। ओन्कोलाइटिक भाइरसहरूमा अनुसन्धान लगभग १०० वर्ष पहिले नै सुरु भएको हो तर हालैका वर्षहरूमा आनुवंशिक इन्जिनियरिङका कारण यसको क्षमतामा उल्लेखनीय सुधार आएको छ । हालसम्म यो प्रविधि अमेरिका, जापानलगायत विश्वका केही देशले अपनाइ नै सकेका छन् । तर, चीनले यस क्षेत्रमा तीव्र विकास गरिरहेको छ ।

त्यहाँ करिब ६० क्लिनिकल ट्रायल भइरहेका छन्, जसबाट यो उपचार सर्वसाधारणका लागि सुलभ र सस्तो हुने अपेक्षा गरिएको छ । यो अनुसन्धान दक्षिण चीनको गुआङ्सी मेडिकल युनिभर्सिटीका प्रोफेसर झाओ योङक्सियाङको नेतृत्वमा गरिएको हो

मात्र रु १९ हजारमा उपचार

ओन्कोलाइटिक भाइरस थेरापीको सबैभन्दा ठूलो विशेषता यसको कम लागत हो । हालसम्म क्यान्सरको उपचारमा प्रयोग हुने सीआरटी थेरापीको चीनमा प्रति डोज १ लाख ४० हजार अमेरिकी डलर खर्च हुने गरेको छ ।

यसको तुलनामा, अनकोलाइटिक भाइरस थेरापीको इन्जेक्सन मात्र १४० अमेरिकी डलर अर्थात नेपाली १९ हजार रूपैयाँमा नै उपलब्ध हुन सक्छ, यो थेरापीको एक वर्षको लागि कुल लागत ४,२०० अमेरिकी डलरसम्म हुन सक्छ, जुन हालको क्यान्सर उपचारको तुलनामा निकै किफायती छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १ : ३९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको