चीनमा नयाँ चमत्कार, १९ हजारमै क्यान्सरको उपचार सम्भव « Khabarhub

चीनमा नयाँ चमत्कार, १९ हजारमै क्यान्सरको उपचार सम्भव


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यान्सर घातक रोग हो, जसको उपचार प्रक्रिया अझै महँगो र जटिल हुन्छ । तर, चीनमा वैज्ञानिकहरुले यस्तो प्रविधि विकास गरेका छन्, जसले क्यान्सरको उपचार सहज हुने भएको छ ।

चिनियाँ वैज्ञानिकले ‘अन्कोलाइटिक भाइरस थेरापी’ नामक प्रविधिमा आधारित रहेर उपचार पद्दतीको विकास गरेका हुन् । यो प्रविधिले खतरनाक क्यान्सर ट्यूमरलाई हटाउने र शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि सक्रिय गर्ने दाबी गरिएको छ ।

वैज्ञानिकहरूले यी भाइरसलाई यसरी विकसित गरेका छन् कि तिनीहरू सिधै क्यान्सर कोशिकाहरूमा प्रवेश गर्छन्, त्यहाँ तिनीहरूको संख्या बढाउँछन् र अन्ततः क्यान्सर कोशिकाहरूलाई नष्ट गर्छन् ।

यति मात्र होइन, यी भाइरसहरूले शरीरको प्रतिरक्षा प्रणालीलाई क्यान्सरका बाँकी रहेका कोशिकाहरूलाई नष्ट गर्न मद्दत गर्ने प्रोटिनहरू पनि निकाल्न सक्षम देखिएको छ ।

यो प्रविधि नयाँ होइन। ओन्कोलाइटिक भाइरसहरूमा अनुसन्धान लगभग १०० वर्ष पहिले नै सुरु भएको हो तर हालैका वर्षहरूमा आनुवंशिक इन्जिनियरिङका कारण यसको क्षमतामा उल्लेखनीय सुधार आएको छ । हालसम्म यो प्रविधि अमेरिका, जापानलगायत विश्वका केही देशले अपनाइ नै सकेका छन् । तर, चीनले यस क्षेत्रमा तीव्र विकास गरिरहेको छ ।

त्यहाँ करिब ६० क्लिनिकल ट्रायल भइरहेका छन्, जसबाट यो उपचार सर्वसाधारणका लागि सुलभ र सस्तो हुने अपेक्षा गरिएको छ । यो अनुसन्धान दक्षिण चीनको गुआङ्सी मेडिकल युनिभर्सिटीका प्रोफेसर झाओ योङक्सियाङको नेतृत्वमा गरिएको हो

मात्र रु १९ हजारमा उपचार

ओन्कोलाइटिक भाइरस थेरापीको सबैभन्दा ठूलो विशेषता यसको कम लागत हो । हालसम्म क्यान्सरको उपचारमा प्रयोग हुने सीआरटी थेरापीको चीनमा प्रति डोज १ लाख ४० हजार अमेरिकी डलर खर्च हुने गरेको छ ।

यसको तुलनामा, अनकोलाइटिक भाइरस थेरापीको इन्जेक्सन मात्र १४० अमेरिकी डलर अर्थात नेपाली १९ हजार रूपैयाँमा नै उपलब्ध हुन सक्छ, यो थेरापीको एक वर्षको लागि कुल लागत ४,२०० अमेरिकी डलरसम्म हुन सक्छ, जुन हालको क्यान्सर उपचारको तुलनामा निकै किफायती छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १ : ३९ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र