दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन « Khabarhub

दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वरिष्ठ नेता दीपक बोहोराको निधनले स्तब्ध भएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य बोहोराको निधनले राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति भएको पनि लिङदेनले जनाएका छन् ।

‘राप्रपाका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा स्तब्ध र दुःखी भएको छु,’ उनले भनेका छन्, ‘उहाँको निधनबाट राप्रपा र नेपाली राष्ट्रवादी आन्दोलनलाई गम्भीर क्षति पुगेको छ।’

दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गरेका लिङदेनले भने, ‘अल बिदा दीपक दाइ, हामी सदैव सम्झनेछौँ ।’

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १ : ५८ बजे

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक