नबिल बैंकको ‘वुमन इन मोसन-एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न « Khabarhub

नबिल बैंकको ‘वुमन इन मोसन-एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंकले काठमाडौंमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । सोमबार महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रमको उद्घाटन बैंकको स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीले गरेकी थिइन् । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरूको सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर प्रदानका लागि बैंक प्रतिबद्ध रहेको बताए । उनले बैंकिङ क्षेत्रमा महिलाहरूका लागि केही अप्ठ्याराहरू भए पनि त्यसलाई समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए । 

‘हामी लैंगिक समानता कायम गर्न प्रतिबद्ध छौँ, लैंगिक समावेशिता कायम भयो भने सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ’, अध्यक्ष पौडेलले भने । 

पौडेलले विश्वको इतिहास हेर्दा पनि महिलालाई पुरुषको तुलनामा कम पारिश्रमिक दिने गरेको उल्लेख गर्दै पछिल्लो समय भने यो परिवर्तन भइरहेको बताए । 

‘अहिले पनि कार्यस्थलहरूमा महिलाविरुद्ध हिंसाका घटना भइरहेका छन्, केही चुनौती पनि छन्, यी समस्याहरू नेपालले पहिचान गरी समाधानको बाटोमा अघि बढिसकेको छ’, उनले भने, ‘नबिल पनि महिलाहरूलाई उच्च नेतृत्वमा ल्याउन र निर्णायक भूमिका दिन र अवसर सृजना गर्ने विषयमा सकारात्मक छ ।’ 

उनले आर्थिक विकासमा महिलाको सहभागिताको महत्वलाई बुझ्दै समाजमा लामो समयदेखि रहेको असमानताको अवशेषलाई हटाउनुपर्नेमा जोड दिए ।

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकिङ क्षेत्रमा महिलाहरूको नेतृत्व बढाउन जरुरी रहेकामा जोड दिए । 

उनले बैंकिङ क्षेत्रको नेतृत्वमा अझै पनि महिलाहरूको प्रतिनिधित्व कम भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले महिला सहभागिता बढाउन र उत्प्रेरणाका लागि महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  २ : २९ बजे

प्रतिस्पर्धाबीच दलहरु संयम, झडप र गालीगलौज पनि चर्को सुनिएन !

काठमाडौं– विगतका संसदीय चुनावको तुलनामा यस पटकका कार्यक्रम तथा गतिविधिमा

मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने

मोरङ– मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं– विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र

इरानको प्रत्याक्रणमा अर्का अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो

कुवेत- संयुक्त अमेरिकी सेनाले इरानमाथि सुरु भएको अपरेशनदेखि हालसम्म चौथो

सुकुम्बासी बस्तीमा बालेनको डोजर आतंकले रास्वपालाई पार्न सक्छ समस्या

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्दा थापाथलीस्थित बागमती किनारसहिका