मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस « Khabarhub

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन वा संसद् भर्ने प्रक्रिया नभई देशका लागि दीर्घकालीन राजनीतिक निकास सुनिश्चित गर्न प्रयोग हुनुपर्ने बताउँदै मतदानपछि राष्ट्रिय संवादमा बस्न सबै दललाई आग्रह गरेको छ।

पार्टी उपसभापति विश्वप्रकाश शर्माले सोमबार सानेपास्थित कांग्रेस कार्यालय बिपीनगरमा आयोजित पत्रकार सम्मेलनमा भने, मतदान सकिएपछि मतपेटिका खोल्नु अघि दलहरूले साझा प्रतिबद्धतामा सहमति जनाउनुपर्ने आवश्यकता रहेको छ। उनले यो राष्ट्रिय संवाद निर्वाचन परिणाम जे जस्तो भए पनि दलहरू त्यसको जिम्मेवारी स्वीकार्ने वातावरण बनाउने महत्वपूर्ण माध्यम हुने बताए।

उपसभापति शर्माले जेन–जी आन्दोलनपछिको सुधार र कांग्रेसमा भएको आन्तरिक सुधारको उल्लेख गर्दै निर्वाचनमा कांग्रेसले भाग लिएकाले देशमा आमूल परिवर्तन र विकासको जिम्मेवारी कांग्रेसको भएको बताए। उनले सातै प्रदेशमा भएको चुनावी सभाले कांग्रेसमा ऊर्जा थपेको र हजारौँ नेता तथा कार्यकर्ता विभिन्न दल छोडेर कांग्रेसमा प्रवेश गरेको पनि जानकारी दिए।

पत्रकार सम्मेलनमा उपसभापति शर्माले सात बुँदामा प्रमुख आग्रहसमेत गरेका छन्:

  1. निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सबै दलको सक्रिय भूमिका।
  2. निर्वाचन आयोग र सरकारलाई निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आग्रह।
  3. मतदातालाई संयमित रूपमा मतदान गर्न प्रेरित गर्ने।
  4. सञ्चारमाध्यमले मौन अवधिमा मतदातालाई भ्रम नपार्ने गरी सूचना दिने।
  5. सामाजिक सञ्जालबाट सही सूचना सम्प्रेषण गर्ने।
  6. निर्वाचन क्षेत्रभरि कांग्रेसका नेता–कार्यकर्ताहरू एकता र ऊर्जासाथ लाग्ने।
  7. मतदानपछि राष्ट्रिय सम्वाद मार्फत आलोपालो प्रणाली सुधार्ने र देशको दीर्घकालीन निकास सुनिश्चित गर्ने।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ७ : ४८ बजे

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच