माधव नेपाल भन्छन्- नेपालमा रगत र वंशको शासन आवश्यक छैन « Khabarhub

माधव नेपाल भन्छन्- नेपालमा रगत र वंशको शासन आवश्यक छैन


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई अस्थिर र मुठभेडमा लैजाने गरी अराजक गतिविधि बढेको बताएका छन् । 

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले मुलुकमा भइरहेको अराजनैतिक गतिविधिमा विदेशीको हात भएको आफूलाई विश्वास नलागेको भन्दै देशी प्रतिगामी तत्त्वहरूले नै मुलुकलाई अस्थिर र मुठभेडमा लैजान खोजेको बताएका हुन् । 

उनले राजतन्त्र आउने सम्भावना नभएपछि चैत्र १५ गतेको आपराधिक घटना गराइएको आरोप लगाउँदै सो घटनाका दोषीहरूलाई सरकारले छिटो कारबाही गर्नुपर्ने जिकिर गरे । उनले नेपालमा रगतको शासन र वंशको शासन आवश्यक नरहेको बताउँदै जनताको चेतनामा विश्वास गर्न आग्रह गरे ।

फरक प्रसङ्गमा अध्यक्ष नेपालले माओवादी केन्द्रले भने जस्तो मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री भन्दा पनि अहिले जस्तै संघिय लोकतान्त्रिक संसदीय प्रणाली नै उपयुक्त रहेको जिकिर गरे ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ३ : ०७ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर