कुखुराको फ्रोजन मासुमा लाग्दै आएको १३ प्रतिशत कर हटाउन पोल्ट्री महासंघको माग « Khabarhub

कुखुराको फ्रोजन मासुमा लाग्दै आएको १३ प्रतिशत कर हटाउन पोल्ट्री महासंघको माग


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पोल्ट्री महासंघले कुखुराको फ्रोजन मासुमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर हटाएर ५ प्रतिशत अन्त शुल्क मात्र लगाउन माग गरेका छन् ।

मंगलबार महासंघको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर ताजा कुखुराको मासुमा पाँच प्रतिशत अन्त शुल्क लाग्ने गरेको तर त्यही मासु फ्रिजमा राखेर बेच्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने गरेको भन्दै यसमा अन्तःशुल्क मात्र कायम गर्न माग गरेको हो।

उनीहरूले मन्त्री पौडेललाई बुझाएको ज्ञापन पत्रमा कृषिजन्य प्राथमिक उत्पादनमा मूल्य अभिवृद्धि कर लगाउँदा उपभोक्ता मूल्य बढ्न गएको र चोरी पैठारी बढेको भन्दै मूल्य अभिवृद्धि कर हटाउन माग गरिएको छ।

२०७९ सम्म आर्थिक ऐनमा  सिंगो र टुक्रा पारिएका फ्रोजन कुखुराको मासुमा पैठारीमा मूल्य अभिवृद्धि करमा छुट रहेको र पाँच प्रतिशत मात्र अन्त शुल्क थियो।

आर्थिक ऐन २०८० मा आएर यी दुबैमा लाग्ने गरेको अन्त शुल्क हटाएर मूल्य अभिवृद्धि कर लगाएको थियो।
ताजा मासु बेच्दा पाँच प्रतिशत तर त्यही मासु फ्रिजमा राखेर बेच्चा १३ प्रतिशत कर लाग्ने व्यवस्था अव्यवहारिक भएकाले दुबैमा १३ प्रतिशत मृल्य अभिवृद्धि करको प्रावधान हटाउनु पर्ने महासंघका महासचिव दिनेश मिश्रले बताए।

भेटमा अर्थमन्त्री पौडेलले महासंघको मागमा सरकार सकारात्मक रहेको र आगामी बजेटबाट समस्या समाधान गर्ने बताएको मिश्रले बताए।

आर्थिक ऐन २०८० मा भएको करको परिवर्तनले पोल्ट्री उद्योगलाई नराम्रो असर गरेको आत्मनिर्भर रहेको उद्योगलाई परनिर्भरतामा जाने जोखिम बढेको मिश्रले दाबी गरे।

पोल्ट्री क्षेत्रमा करिब एक खर्ब ६० अर्बको लगानी रहेको, प्रत्यक्ष तीन लाख र अप्रत्यक्ष गरी करिब पाँच लाख जनाले रोजगारी पाएको उनले बताए।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ६ : १८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी