मधेसका मुख्यमन्त्री कार्यालय र गृह मन्त्रालयमा अख्तियारको छापा, योजनासम्बन्धीका फाइल नियन्त्रणमा « Khabarhub

मधेसका मुख्यमन्त्री कार्यालय र गृह मन्त्रालयमा अख्तियारको छापा, योजनासम्बन्धीका फाइल नियन्त्रणमा


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय र गृह मन्त्रालयबाट विभिन्न योजनासम्बन्धी महत्त्वपूर्ण फाइलहरू नियन्त्रणमा लिएको छ । 

आयोगले सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिदसँग सम्बन्धित फाइलहरू नियन्त्रणमा लिइएको जनाएको छ ।

टोलीले दुई वटै योजनाका विभिन्न फाइलहरू नियन्त्रणमा लिएर अनुसन्धानलाई अघि बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबाबु कुरुम्वाङ्गले बताए । 

तीन महिनाअघि अख्तियारमा परेको उजुरीको आधारमा आयोगले छानबिन गर्दै फाइलहरू नियन्त्रणमा लिएको कुरुम्वाङ्गले बताए ।

आर्थिक वर्ष २०७७/०७८ मा मधेश प्रदेश सरकारको निजामती पीआइएस सिस्टम, अफिस अटोमेसन सिस्टम र जिन्सी अटोमेसन सिस्टम जस्ता सफ्टवेयर खरिद गरिएको थियो । 

ती सफ्टवेयरहरू एक करोडभन्दा बढी रकममा खरिद गरिए तापनि अहिलेसम्म तिनीहरूको प्रयोगमा ल्याइएन । एक कर्मचारीका अनुसार ती सफ्टवेयरहरू स्टोरमा समेत दाखिला नगरी राखिएका छन् ।

अख्तियारले पछिल्लो पाँच दिनदेखि मधेश मुख्यमन्त्री कार्यालयसँग नियमित सम्पर्क गर्दै फाइलहरूको खोजी गर्दै आएको थियो । आयोगका एक अधिकारीका अनुसार यी फाइलहरूको छानबिन पूरा भएपछि भ्रष्टाचारको संकेत भेटिएमा थप कारबाही गरिनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ७ : ४२ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई