सिरहामा गृहमन्त्रीको पुत्ला दहन « Khabarhub

सिरहामा गृहमन्त्रीको पुत्ला दहन


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहामा भारतीय नागरिकलाई नागरिकता दिने वडा अध्यक्षलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयले गृहमन्त्री रमेश लेखकको पुतला दहन गरेका छन् ।

पुर्व पश्चिम लोकमार्ग सडक अन्तर्गत चोहर्वामा मंगलबार साँझ आक्रोशित स्थानीयहरूले गृहमन्त्री लेखकको पुतला जलाएका हुन् ।

भारतीय नागरिक मोस्ताक मियाँलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डललाई राजनीतिक संरक्षण दिइएको र उनीहरूलाई प्रहरीले पक्राउ गर्न चासो नदेखाएको स्थानीयहरूको आरोप छ ।

नरहा गाउँपालिका ३ वडा कार्यालयको सिफारिसका आधारमा भारत विहारको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मियाँले २०८० असार २६ मा जिल्ला प्रशासन सिरहाबाट १५०१८०–४३६२ नम्बरको नेपाली नागरिकता पाएका थिए ।

यो घटना बाहिरिएपछि मोस्ताकलाई नागरिकता दिलाउन नक्कली बुवा बनाइएका स्थानीय अमानत मियाँलाई प्रहरीले चैत ५ मै पक्राउ गरिसकेको छ । प्रहरीले वडाध्यक्ष अन्सारी र वडासचिव मण्डलको समेत सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि उनीहरु राजनीतिक आडमा खुल्लेआम घुम्दै आएका छन् ।

नरहा गाउँपालिका ३ का वडा अध्यक्ष रुस्तम अन्सारी एमाले पार्टिबाट निर्वाचित भएका छन् । उनलाई जिल्लाकै केन्द्रिय नेताहरूले संरक्षण गरिरहेको स्थानीयहरुको भनाइ छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ८ : ५९ बजे

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट