‘लाज शरणम्’का बालकलाकार केसीको कुपोषणको कारण मृत्यु « Khabarhub

‘लाज शरणम्’का बालकलाकार केसीको कुपोषणको कारण मृत्यु


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा अभिनय गरेका बाल कलाकार विकास केसीको कुपोषणको कारण मृत्यु भएको छ । उनले फिल्ममा पनि कुषोषित बालककै भूमिका निर्वाह गरेका थिए ।

विसं. २०६६ साल साउन १ गते जन्मीएका केसीको कुपोषणकै कारण मंगलबार निधन भएको फिल्मका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।

जिग्रीका अनुसार सुटिङ्पछि तत्काल उनको उपचारका लागि ग्रीन सिटी अस्पताल ल्याइएको थियो । ग्रीन सिटी अस्पतालले कान्ति बाल अस्पताल रिफर ग¥यो । कान्ति बाल अस्पतालले जटिल खालको कुपोषणको उपचार सम्भव नभएको जनाउँदै फिर्ता गरेको उनले जानकारी दिए । सुटिङ् समयमा उनको स्याहार र परिवारको सहजताका लागि खानेकुरा, लत्ता कपडा र सञ्चारका लागि मोवाइल उपलब्ध गराएको पनि उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘चलचित्र ‘लाज शरणम्’ को कथामा कुपोषित बालकको पात्रका रुपमा चित्रण हुनुभएका विकास के सी वास्तविक जीवनमै पनि कुपोषणबाट ग्रसित हुनुहुन्थ्यो । मानवीय संवेदना, व्यक्ति र परिवारको इच्छा तथा यसबाट पर्न सक्ने नकारात्मक असरको विश्लेषणपछि हामीले उहाँलाई चलचित्रमा चित्रण गरेका थियौँ ।’

जिग्रीले केसी नेपाली चलचित्र क्षेत्रको इतिहासमा अमिट नाम बनेर रहेको समेत उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘बाल मृत्यु सरकारका लागि गम्भीर चुनौती हो । यसमा पनि पोषिलो खानेकुरा र सुक्ष्म पोषक तत्वको अभावबाट हुने कुपोषणबाट बालबालिकाहरुले मृत्युवरण गर्नु पर्ने अवस्था नेपालमा मानव विकासमा आजको चित्र हो । यसप्रकारको खवर कहिल्यै कसैले लेख्न नपरोस् । कसैलाई सुनाउनु नपरोस् । यस घटनाप्रति सरकारसहित सम्बद्ध पक्षको ध्यानाकर्षण हुन सकोस् भन्ने अपेक्षा गर्दछौँ ।’

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १० : २७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी