आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख १८ गते बिहीबार। वैशाख शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ मे १ तारिख। मजदुर दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। मनमा खटपटी बढ्नेछ। परिवारलाई समय दिन नसक्दा संकट बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

वृष : दिन राम्रो छ। सोचेको काम बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाका क्षेत्रमा गरेको लगानीबाट नाफा हुने योग छ। विदेशमा गरेको लगानी र व्यापारबाट फाइदा हुनेछ।

मिथुन : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने तनाव बढ्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : आफन्तसँग बोल्दा सचेत बन्नुपर्ने दिन छ। तपाईंको बोलीले साथी टाढा पुग्नसक्छन्। परिवारभित्र विश्वास बढाउन मिहिनेत गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। मिहिनेत गरेर सुरुवात गरेको योजना दीर्घकालसम्म रहनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्नसक्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

कन्या : दिन राम्रो छ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। यात्राले मनमा शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा नाफा आर्जन हुने योग रहेको छ।

तुला : दिन राम्रो छ। औषधी नियमित गर्न सके स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : बौद्धिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा नेतृत्वको साथ मिल्नेछ।

धनु : दिन सामान्य छ। ठुलो योजना नबनाउनु राम्रो हुन्छ। साना कुराले झन्झट थपिनेछ। विपक्षी साथी कमजोर बन्दा केही योजना सफल बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ।

मकर : आफ्नो ख्याल आफैं गर्नुपर्नेछ। विरोधी साथीसँग सचेत बन्नुपर्नेछ। परिवारको सल्लाहमा अगाडि बढ्नुपर्नेछ। स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन राम्रो छ। विपक्षी भनेका साथीको साथ मिल्नेछ। शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। राज्यको महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गर्ने योग छ।

मीन : बोलीमा सुधार गर्नुपर्ने दिन छ। बोल्दा तीन पटक सोच्नु राम्रो हुन्छ। अग्रजसँग परामर्श लिएर काम गर्नुपर्ने दिन छ। स्वास्थ्यमा ख्याल नगर्दा समस्या बढ्नेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने दिन छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ५ : ०५ बजे

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट