आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख १८ गते बिहीबार। वैशाख शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ मे १ तारिख। मजदुर दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। मनमा खटपटी बढ्नेछ। परिवारलाई समय दिन नसक्दा संकट बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

वृष : दिन राम्रो छ। सोचेको काम बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाका क्षेत्रमा गरेको लगानीबाट नाफा हुने योग छ। विदेशमा गरेको लगानी र व्यापारबाट फाइदा हुनेछ।

मिथुन : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने तनाव बढ्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : आफन्तसँग बोल्दा सचेत बन्नुपर्ने दिन छ। तपाईंको बोलीले साथी टाढा पुग्नसक्छन्। परिवारभित्र विश्वास बढाउन मिहिनेत गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। मिहिनेत गरेर सुरुवात गरेको योजना दीर्घकालसम्म रहनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्नसक्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

कन्या : दिन राम्रो छ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। यात्राले मनमा शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा नाफा आर्जन हुने योग रहेको छ।

तुला : दिन राम्रो छ। औषधी नियमित गर्न सके स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : बौद्धिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा नेतृत्वको साथ मिल्नेछ।

धनु : दिन सामान्य छ। ठुलो योजना नबनाउनु राम्रो हुन्छ। साना कुराले झन्झट थपिनेछ। विपक्षी साथी कमजोर बन्दा केही योजना सफल बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ।

मकर : आफ्नो ख्याल आफैं गर्नुपर्नेछ। विरोधी साथीसँग सचेत बन्नुपर्नेछ। परिवारको सल्लाहमा अगाडि बढ्नुपर्नेछ। स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन राम्रो छ। विपक्षी भनेका साथीको साथ मिल्नेछ। शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। राज्यको महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गर्ने योग छ।

मीन : बोलीमा सुधार गर्नुपर्ने दिन छ। बोल्दा तीन पटक सोच्नु राम्रो हुन्छ। अग्रजसँग परामर्श लिएर काम गर्नुपर्ने दिन छ। स्वास्थ्यमा ख्याल नगर्दा समस्या बढ्नेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने दिन छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ५ : ०५ बजे

मधेसको मुख्यमन्त्री पदमा लोसपाका नेता सोनलको दाबी पेस

महेन्द्रनगर– मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)

राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट

शंकर पोखरेलको स्वीकारोक्ति : एमालेका अभियान प्रभावकारी भएनन्, सहरिया नवधनाढ्य र युवा पार्टीबाट टाढिए

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले युवालाई दुरुपयोग हुनबाट

सामुदायिक विकासमा सघाउँदै तनहुँ जलविद्युत् आयोजना

दमौली– तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

चितवनमा किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु

चितवन– पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा