गाजा युद्ध विराम भंग भएपछि ५९५ बालबालिका मारिए « Khabarhub

गाजा युद्ध विराम भंग भएपछि ५९५ बालबालिका मारिए


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

गाजा- गाजाको स्वास्थ्य मन्त्रालयले १८ मार्चका दिन युद्ध विराम भंग भएयता २३०८ जना मारिएको जनाएको छ। यसमा ५९५ बाल बालिका रहेको जनाइएको छ।

गाजाको नुसरियतमा इजरायली आक्रमणबाट पछिल्लो समय कम्तीमा आठ जनाको ज्यान गएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा ३५ जनाको ज्यान गएको छ।

युद्ध सुरु भएदेखि यता इजरायलले गाजामा ५२ हजार चार सयको ज्यान लिएको जनाइएको छ। एक लाख १८ हजार १४ जना घाइते भएका छन्। गाजाको सञ्चार मन्त्रालयले नै भने ६१ हजार ७ सय जनाको ज्यान गएको बताएको छ।

हजारौँ जना पुरिएका छन्। ७ अक्टोबर २०२३ का दिन हमासले गरेको आक्रमणमा ११ सय ३९ जना मारिएको तथा दुई सय भन्दा बढी गिरफ्तार भएका थिए।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ६ : ५२ बजे

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले