गाजा युद्ध विराम भंग भएपछि ५९५ बालबालिका मारिए « Khabarhub

गाजा युद्ध विराम भंग भएपछि ५९५ बालबालिका मारिए


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

गाजा- गाजाको स्वास्थ्य मन्त्रालयले १८ मार्चका दिन युद्ध विराम भंग भएयता २३०८ जना मारिएको जनाएको छ। यसमा ५९५ बाल बालिका रहेको जनाइएको छ।

गाजाको नुसरियतमा इजरायली आक्रमणबाट पछिल्लो समय कम्तीमा आठ जनाको ज्यान गएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा ३५ जनाको ज्यान गएको छ।

युद्ध सुरु भएदेखि यता इजरायलले गाजामा ५२ हजार चार सयको ज्यान लिएको जनाइएको छ। एक लाख १८ हजार १४ जना घाइते भएका छन्। गाजाको सञ्चार मन्त्रालयले नै भने ६१ हजार ७ सय जनाको ज्यान गएको बताएको छ।

हजारौँ जना पुरिएका छन्। ७ अक्टोबर २०२३ का दिन हमासले गरेको आक्रमणमा ११ सय ३९ जना मारिएको तथा दुई सय भन्दा बढी गिरफ्तार भएका थिए।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ६ : ५२ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड