सरकारसँग ९ बुँदे सहमतिपछि आन्दोलनकारी शिक्षकलाई अध्यक्षको आभार : कमेन्टमा गालीको वर्षा | Khabarhub Khabarhub

सरकारसँग ९ बुँदे सहमतिपछि आन्दोलनकारी शिक्षकलाई अध्यक्षको आभार : कमेन्टमा गालीको वर्षा


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले २९ दिनसम्म आन्दोलनमा साथ दिने शिक्षकप्रति आभार व्यक्त गरेका छन्। अध्यक्षले आभार व्यक्त गर्दै उपलब्धिको सूची सार्वजनिक गर्दा हिजो आन्दोलनमा सहभागी शिक्षकले भने आक्रोश व्यक्त गरेका छन्। अध्यक्ष सुवेदीको स्टाटसमा झुमा सुवेदीले लेखेकी छन्, ‘कुन मुखले अझै स्टाटस लेख्दै हुनुहुन्छ अध्यक्षज्यू ?विद्या भट्टराईलाई मन्त्री बाट हटाउने मुख्य उद्देश्य थ्यो भन्ने बुझियो यत्तिका लागि हो यत्रो नाटक, समय र पैसाको सत्यानास।’

त्यसैगरी फेसबुकमा आक्रोश पोख्दै सुरेन्द्रसिंह ठगुन्ना लेख्छन्, ‘सबै शिक्षक नेता पाटीका झोले भएकोले यस्तो भएको हो। बेलैमा विचार गरौ है साथीहरू !’

त्यसैगरी कोपिला संग्रौलाले लेखेकी छन्, ‘आन्दोलनमा जाँदा शिक्षक , कर्मचारीको केही हुन्छ कि भन्ने आशा, विश्वास र उत्साह थियो। त्यो समाप्त भएर त्यो भन्दा बढी निराशा बोकेर फर्किनु परेकोमा नमज्जा लाग्यो।’ अध्यक्ष सुवेदीको स्टाटसमा मानबहादुर सुवेदी कमेन्ट गर्छन्, ‘शिक्षक आन्दोलन महान उपलब्धि बौद्धिक शालिन शिक्षा मन्त्री हटाएर १० पासे ल्याउनु।’

महासंघ अध्यक्ष सुवेदीले भने २९ दिनसम्म शिक्षक आन्दोलन चर्चामा रहनुमा शिक्षक साथीहरुको उत्साह विशेष भएको भन्दै आभार व्यक्त गरेका छन्। उनले लेखेका छन्,‘यस पटकको शिक्षक–कर्मचारी आन्दोलन २०८१ माघ २० गतेबाट शुरु भयो। समग्रमा आन्दोलन ८९ दिन चल्यो तथापि अन्तिम चरणको २९ दिनको काठमाडौं केन्द्रित सडक आन्दोलन सर्वाधिक चर्चामा रह्यो। यसको मुख्य कारण साथीहरुको उत्साहजनक सहभागिता र नेतत्वप्रतिको समर्थन हो। यसका लागि सबै आन्दोलनकारी साथीहरुप्रति अभारी छौं।’

साविक उमावि, पेन्सन सरोकार समूह, प्राविधिक धार, विशेष शिक्षा तथा विद्यालय कर्मचारी साथीहरु सबैमा आन्दोलनको श्रेय जाने उनको बुझाइ छ। विधेयकले कानुन बन्दा लिने नियमित प्रक्रियागत समयका कारण तुरन्तै ऐन जारी हुने परिस्थिति नभएको र यो आन्दोलन यस्तैरुपमा महिनौं लम्ब्याउने अवस्था पनि जटिल बनेकाले यो सहमति भएको उनले प्रष्ट पारेका छन्। ‘संसदीय दलका मुख्य सचेतक र समितिको सभापतिलाई सार्वजनिक लिखित प्रतिवद्धता गराएर २०८२ असार १५ गते प्रतिनिधि सभाबाट पारित हुने गरी हामीले त्यो कामलाई सुनिश्चित गरेका छौं’, उनले लेखेका छन्।

अध्यक्ष सुवेदीले वर्षौदेखि नमिलेको समान ग्रेड र तलबको मुद्दा यसपटक हल भएको उल्लेख गरेका छन्। ‘अस्थायी प्रकृतिका साथीहरुको विरामी विदा सञ्चित हुने भएको छ। सिभिल अस्पतालमा कर्मचारीलाई जस्तै उपचार सुविधा पाउने निश्चित भएको छ। सबै शिक्षकका लागि दुर्गमभत्ता उपलब्ध हुने निश्चित भएको छ। मर्यादाक्रमको सवाल सम्बोधन भएको छ’, सुवेदीले थप लेखेका छन्।

अध्यक्ष सुवेदीले आवधिक बढुवा, अस्थायी अवधि गणना, पछिल्लो चरणमा स्थायी भएका साथीहरुको निवृत्तीरभण जस्ता सवाल ऐनले सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन्।

२०७५ पछि स्थायी भएका साथीहरुको निवृत्तीभरणको सवालमा आन्दोलन कै क्रममा केही सफलता हात उनको भनाइ छ। यसलाई पूर्णता दिन निवृत्तीभरण कोष ऐन २०७५ को संशोधन गर्नुपर्ने र त्यसका लागि शिक्षा ऐन जारी सँगै यो ऐनको संशोधनका लागि समेत प्रयत्न जारी रहने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ९ : २२ बजे

निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्छ : कार्यवाहक प्रधानमन्त्री

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामती

नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिन लाग्दा ६९ प्रतिशत मात्र प्रगति

त्रिवेणी– नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको

बाँदरको समस्याको विकल्पमा कागुनोखेती

गण्डकी– पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो