श्रमिकलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बढाउने गरी बजेट ल्याउनुपर्छ : सभापति देउवा | Khabarhub Khabarhub

श्रमिकलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बढाउने गरी बजेट ल्याउनुपर्छ : सभापति देउवा


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले श्रमिकहरूलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी वृद्धि गर्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताएका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आन्तरिक रोजगारको वृद्धि गर्दै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले श्रमिकहरूलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी वृद्धि गर्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने आफ्नो मान्यता रहेको बताएका हुन् ।

आफ्नै देशमा ज्ञान सिपको विकास र लगानी गर्ने वातावरण बनाएर समृद्ध नेपालको सपना पुरा गर्नुपर्ने उनले बताए । उनले असंगठीत श्रमिकहरूको पहिचान गरी पञ्जीकरणका लागि स्थानीय तहमा श्रमिक डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन पहल गर्न आवश्यक रहेको धारणा राखे । 

उनले कांग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोषलगायतलाई अगाडि बढाउन सदैव महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।  

त्यस्तै कांग्रेस नेता डा शेखर कोइरालाले मुलुकको परिवर्तनमा श्रमिकहरूको महत्त्वपूर्ण योगदान गरेको भन्दै उनीहरूको अधिकार स्थापित गर्न कांग्रेस सदैव क्रियाशील रहेको धारणा राखे । 

योगदानमा आधारित सामाजिक सुरक्षामा अनौपचारिक क्षेत्रलाई पनि समावेश गर्नु चुनौती रहेकाले यसलाई ध्यान दिनुपर्ने उनले बताए । उनले श्रमिक आयोग गठनका लागि कांग्रेसले निरन्तर पहल गर्ने जानकारी दिए ।  

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले गरेको सङ्घर्ष र आन्दोलनको सफलताको स्मरण गर्दै मे १ तारिखलाई संसारभरिका मजदुरले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउँदै आएका छन् । 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १२ : ०५ बजे

अस्ट्रेलियाको भिसा नलागेपछि मोडिएको पुकुको कलायात्रा

काठमाडौं – कलाकार पुजन घिमिरे टेलिसिरियल ‘हल्का रमाइलो’की पात्र ‘पुकु’को

पर्या-पर्यटनको नयाँ गन्तव्य बन्दै ‘लौटैया ताल’

घोडाघोडी–  कैलालीको भजनी नगरपालिका-२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा रहेको

गणतन्त्रप्रतिको गहिरो चिन्ता तथा सरोकार हामीलाई नै छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रप्रतिको सबैभन्दा

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

मुस्ताङ– अग्ला-अग्ला विशाल चट्टानी पहाड । त्यही पहाडको गल्छीबाट एक

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- भ्रष्टाचार गर्न दिन्न, आरोप लगाएकै भरमा कारबाही हुँदैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा