जनकपुर बम काण्डको १३ वर्ष, शहीदको सपना अधुरै « Khabarhub

जनकपुर बम काण्डको १३ वर्ष, शहीदको सपना अधुरै


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरमा ५ जनाको ज्यान जाने गरी गराइएको बम विस्फोट घटनाको आज १३ वर्ष पूरा भएको छ । २०६९ साल वैशाख १८ गते आजकै दिन जनकपुरको रामानन्दचोकमा बम विस्फोट भएको थियो । मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्ना बसेको बेला बिहान करिब ११ बजे सुनियोजित ढंगले गराइएको बम विष्फोटमा पाँच जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भए । 

बम विस्फोटमा मिनापकी दिग्गज कलाकार रंजु झासहित झगरु मण्डल, विमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो । बम विस्फोट घटनाका मुख्य योजनाकार मानिएका पूर्वसांसद संजयकुमार साहसहितले जन्मकैदको सजायमा कारागारमा जीवन बिताइरहेका छन् । त्यस्तै घटनामा संलग्न आरोपमा मुकेश चौधरी, राजन मुक्ति लगायत आधा दर्जन अभियुक्तहरू समेत दोषी करार भएका छन् ।

शहीदको सपना अझै अधुरो
मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले आत्मियताको पहिचान, स्वायतता बोधको लागि, आफ्नो हक अधिकारको लागि, संवैधानिक सुनिश्चितता गर्नको लागि, संविधानमा सुनिश्चित गर्नको लागि कलाकर्मी, रचनाकर्मीहरु मिथिला राज्य संघर्ष समितिलाई सघाउनुपर्ने बताउँछन् । १३ औं बलिदानी दिवसमा खबरहबसंग कुरा गर्दै मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले नेपालको संघीय संरचना प्रदेशको आधारमा बने पनि कुमानसिकताका कारण मिथिलालाई स्थापित गराउन आनाकानी भएको गुनासो पोखे । 

उनले भने, ‘उनीहरु (सहिद) को सपना थियो, मिथिला मैथिलीको पहिचानसहित संघीय संरचनामा मिथिला राज्य कायम होस् । तर, सत्तामा रहेकाहरूको राजनीतिक नंगटोइ, कूटनीतिक खचरैय (बदमासी) का कारण षड्यन्त्रपूर्वक रोके । प्रदेश नम्बर २ को नाम मधेस प्रदेश गरियो । मैथिली भाषा कामकाजको भाषा तोक्नुपर्ने र शहिदहरुको मागको, मानको, अभिमानको सपना अवश्य पूरा हुनेछ ।’

उनले थपे, ‘भाषा, माटो र संस्कृतिको लागि लडेको यो विश्वमै दोस्रो आन्दोलन हो, पहिलोपटक बंगलादेशमा यस्तो आन्दोलन भएको थियो भने विश्वमै दोस्रोपटक नेपालको जनकपुरमा भएको इतिहास छ । आफ्नो पहिचानको लागि जारी रहेको यो आन्दोनल उपलब्धी नहुन्जेलसम्म जारी रहनेछ।’

२०६९ साल वैशाख १८ गते बिहान करिब ११ बजे जनकपुरको रामानन्दचोकमा भएको बम विस्फोट प्रकरणमा जिल्ला अदालत धनुषाले दोषी करार दिँदै पूर्व राज्यमन्त्री सन्जय साहलाई जन्मकैदको फैसला सुनाएको थियो । जसमा सञ्जय साह (टक्ला) सहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, सुरेश कर्ण, रिपेन्द झा, जयप्रकाश चौधरी र मुकेशकुमार कर्ण जन्मकैद भुक्तान गरिरहेका छन् ।

पूर्व भौतिक पूर्वाधार राज्यमन्त्री समेत रहेका तथा तत्कालिन सद्भावना पार्टीबाट २०७० सालमा तत्कालिन धनुषा निर्वाचन क्षेत्र नं. ४ (अहिले ३) बाट विजयी भएर साँसद समेत बनेका साहलाई बम काण्डको आरोपमा मुछिएपछि पार्टीबाट निलम्बित गरिएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १२ : ३४ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना