जनकपुर बम काण्डको १३ वर्ष, शहीदको सपना अधुरै « Khabarhub

जनकपुर बम काण्डको १३ वर्ष, शहीदको सपना अधुरै


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरमा ५ जनाको ज्यान जाने गरी गराइएको बम विस्फोट घटनाको आज १३ वर्ष पूरा भएको छ । २०६९ साल वैशाख १८ गते आजकै दिन जनकपुरको रामानन्दचोकमा बम विस्फोट भएको थियो । मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्ना बसेको बेला बिहान करिब ११ बजे सुनियोजित ढंगले गराइएको बम विष्फोटमा पाँच जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भए । 

बम विस्फोटमा मिनापकी दिग्गज कलाकार रंजु झासहित झगरु मण्डल, विमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो । बम विस्फोट घटनाका मुख्य योजनाकार मानिएका पूर्वसांसद संजयकुमार साहसहितले जन्मकैदको सजायमा कारागारमा जीवन बिताइरहेका छन् । त्यस्तै घटनामा संलग्न आरोपमा मुकेश चौधरी, राजन मुक्ति लगायत आधा दर्जन अभियुक्तहरू समेत दोषी करार भएका छन् ।

शहीदको सपना अझै अधुरो
मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले आत्मियताको पहिचान, स्वायतता बोधको लागि, आफ्नो हक अधिकारको लागि, संवैधानिक सुनिश्चितता गर्नको लागि, संविधानमा सुनिश्चित गर्नको लागि कलाकर्मी, रचनाकर्मीहरु मिथिला राज्य संघर्ष समितिलाई सघाउनुपर्ने बताउँछन् । १३ औं बलिदानी दिवसमा खबरहबसंग कुरा गर्दै मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले नेपालको संघीय संरचना प्रदेशको आधारमा बने पनि कुमानसिकताका कारण मिथिलालाई स्थापित गराउन आनाकानी भएको गुनासो पोखे । 

उनले भने, ‘उनीहरु (सहिद) को सपना थियो, मिथिला मैथिलीको पहिचानसहित संघीय संरचनामा मिथिला राज्य कायम होस् । तर, सत्तामा रहेकाहरूको राजनीतिक नंगटोइ, कूटनीतिक खचरैय (बदमासी) का कारण षड्यन्त्रपूर्वक रोके । प्रदेश नम्बर २ को नाम मधेस प्रदेश गरियो । मैथिली भाषा कामकाजको भाषा तोक्नुपर्ने र शहिदहरुको मागको, मानको, अभिमानको सपना अवश्य पूरा हुनेछ ।’

उनले थपे, ‘भाषा, माटो र संस्कृतिको लागि लडेको यो विश्वमै दोस्रो आन्दोलन हो, पहिलोपटक बंगलादेशमा यस्तो आन्दोलन भएको थियो भने विश्वमै दोस्रोपटक नेपालको जनकपुरमा भएको इतिहास छ । आफ्नो पहिचानको लागि जारी रहेको यो आन्दोनल उपलब्धी नहुन्जेलसम्म जारी रहनेछ।’

२०६९ साल वैशाख १८ गते बिहान करिब ११ बजे जनकपुरको रामानन्दचोकमा भएको बम विस्फोट प्रकरणमा जिल्ला अदालत धनुषाले दोषी करार दिँदै पूर्व राज्यमन्त्री सन्जय साहलाई जन्मकैदको फैसला सुनाएको थियो । जसमा सञ्जय साह (टक्ला) सहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, सुरेश कर्ण, रिपेन्द झा, जयप्रकाश चौधरी र मुकेशकुमार कर्ण जन्मकैद भुक्तान गरिरहेका छन् ।

पूर्व भौतिक पूर्वाधार राज्यमन्त्री समेत रहेका तथा तत्कालिन सद्भावना पार्टीबाट २०७० सालमा तत्कालिन धनुषा निर्वाचन क्षेत्र नं. ४ (अहिले ३) बाट विजयी भएर साँसद समेत बनेका साहलाई बम काण्डको आरोपमा मुछिएपछि पार्टीबाट निलम्बित गरिएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १२ : ३४ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल